February 14, 2018

देउवाको अन्तिम प्रयास एक खर्बको कमिशन झ्वाम पार्ने दाउ

 फागुन २ काठमाडौं । निर्वाचन आयोगले माघ २९ गते सोमबार बन्दसूचीका उम्मेदवारमध्ये निर्वाचित गर्न नाम सिफारिश गरेका तर प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले आयोगले २०७४ फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र  र राष्ट्रिय जनता पार्टी नेपाललाई पत्राचार गर्ने निर्णय गरे अनुसार, नेपाली कांग्रेसलगायतका दलहरुले समानुपातिकको प्रस्तुत नामावली सच्याएर आजै पठाउनु पर्ने छ। तर, नेपाली कांग्रेसले जानीजानी बेईमानी गरेर  समानुपातिकको प्रस्तुत नामावली सच्याएर नपठाउने हो कि भन्ने आशंका गरिएको छ।

नेपाली कांग्रेसले समानुपातिकको प्रस्तुत नामावली सच्याएर फागुन  २  गते आजै पठाएमा बेलुकासम्म
अन्तिम निर्वाचन परिणाम राष्ट्रपति समक्ष निर्वाचन आयोगले प्रस्तुत गर्ने छ। तर, नेपाली काङ्ग्रेस सत्तालिप्सामा चुर्लुम्म डुबेका कारण केही दिनभित्रै फेरि आगामी सरकारलाई अप्ठेरो पार्न दीर्घकालीन र तत्कालीनरुपमा असर पर्ने आर्थिक, राजनीतिक निर्णयहरु गर्ने मनसायले नेपाली कांग्रेसले समानुपातिकको प्रस्तुत नामावली सच्याएर पठाउने कुरामा आशंका कायम रहेको छ।

स्रोतका अनुसार, राष्ट्रले धान्नै  नसक्ने गरि  गैरबजेटरी खर्च गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तिम तयारी रहेको थाहा भएको छ। स्रोतका अनुसार, आजभोलि नै मन्त्रिपरिषदको बैठक राखेर स्थानीय विकास मन्त्रालयलाई एक खर्ब रकम निकासा दिनका लागि  प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थममन्त्री ज्ञानेन्द्र कार्की, अर्थ सचिव शंकर अधिकारीले ठाडो प्रस्ताव तयारी गरेको थाहा भएको छ।स्रोतका अनुसार, मुख्यसचिव लोकदर्शन रेग्मीले  आगामी सरकारलाई दीर्घकालीन र तत्कालीनरुपमा असर पर्ने गैरबजेटरी खर्चको प्रस्ताव नल्याउन कट्टर कांग्रेसी अर्थ सचिव शंकर अधिकारी र अर्थका  सम्बन्धित अधिकारीलाई निर्देशन दिएपछि मुख्यसचिव लोकदर्शन रेग्मीले त्यस्ता गैरबजेटरी खर्चको प्रस्ताव अस्वीकार गर्ने आशंकाले ठाडो प्रस्ताव मन्त्रिपरिषदमा लगेर रु एक खर्बको खरिदको निर्णय गरेर अरबौं कमिशन पोल्टामा हाल्ने दाउमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजय गच्छेदार, सचिव दिनेश थपलिया रहेको थाहा भएको छ। रु एक खर्ब बजेट स्थानीयमा गएमा तुरुन्तै सात प्रदेशहरुका लागि मोटर खरिदलगायतका  लागि दलालहरुले सेटिंङ्ग मिलाएर  बसेको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक