February 26, 2018

तरुण दल र सर्बोच्चको अबरोधको बाबजुद डा. युवराज खतिवडा अर्थमन्त्री !

 
 
 
 

काठमाडौं, फागुन १४ । नेपाल तरुण दलले डा. युवराज खतिवडा अर्थमन्त्री भएकोमा आपत्ति जनाएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले सर्वोच्चले शपथ नगराउन भनेका व्यक्ति कसरी अर्थमन्त्री नियुक्त गरिए भन्दै प्रश्न सोधेको छ ।

तरुण दलले सोमबार विज्ञप्ति निकालेर सर्वोच्च अदालतले शपथ नगराउन आदेश दिएको ब्यक्तिलाइ नै अर्थमन्त्री बनाएर वाम गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गरेको आरोप लगाएको छ ।

सांसद नै नभएको व्यक्तिलाई मन्त्री बनाएर गठबन्धनले जनमतको उपहास र लोकतन्त्रकै उपहास गरेको पनि तरुण दलको दावी छ । तरुण दलले सरकारको यस्तो अलोकतान्त्रिक र अनैतिक निर्णयको भत्र्सना गर्दै सत्ताको मातमा नभुली संविधानको पालना, लोकतान्त्रिक विधि र प्रक्रिया तथा नैतिक मुल्यलाई ख्याल गरेर मात्रै काम गर्न सचेत पनि गराएको छ ।

तर संविधानमा संसद सदस्य नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री बनाउन सक्ने तर त्यस्तोे व्यक्ति मन्त्री भएको ६ महिनाभित्र संघीय संसदको सदस्य हुनु पर्ने व्यवस्था छ । सर्वोच्चले खतिवडालाई राष्ट्रियसभाको सदस्य बन्न रोक लगाएमा पनि खतिवडाले संविधान अनुसार ६ महिना मन्त्री बन्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा