डा.भट्टराई बेलायत र युरोप आउने

जगन कार्की

लन्डन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी नोभेम्बर ११ मा बेलायत आउने भएका छन् ।  पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा भाग लिन डा.भट्टराई लन्डन आउने भएका हुन् ।

भट्टराईले १३ तारिख आइतबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनालले जानकारी दिए ।
अल्डरशटस्थित एम्पाएर हलमा हुने कार्यक्रममा नेपालबाट प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुवेदी र सह—संयोजक शंकर भण्डारीले पनि सम्बोधन गर्ने छन् ।

shankar-333

सो कार्यक्रममा भट्टराईले ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयाँ राजनीतिक शक्तिको आवश्यकता’ विषयमा प्रवचन दिने कार्यक्रम तय गरिएको छ ।

पार्टीका अन्य नेताहरु मदन राई र डिवी गुरुङ पनि सो भेलामा सहभागी हुने छन् । त्यस्तै डा.भट्टराईले १२ नोभेम्बरमा गोर्खाली समाज यूकेको आयोजनामा हुने च्यारिटी कार्यक्रमा सहभागी हुने भएका छन् ।

उनले १४ नोभेम्बर साँझ लन्डन स्कुल अफ इकोनोमिक्स र १५ नोभेम्बरमा अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा आफ्ना विचार राख्ने भएका छन् ।

यसैगरी अन्तराष्ट्रिय नेपाली समाज प्रोचुगलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पनि डा. बाबुराम भट्टराईको टोलीले भाग लिने भएको छ ।
नोभेम्बर १६ तारिखमा हुने उक्त कार्यक्रममा देश विकास र समृद्धिका लागि विदेशमा रहेका नेपालीहरुले पुर्याउन सक्ने योगदानको बारेमा समेत छलफल हुने प्रोचुगलका संयोजक डि एस शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक