ट्रम्पको आदेशप्रति गुगल र फेसबुकको चिन्ता, गुगलले कर्मचारी फिर्ता बोलायो

काठमाडौं, १६ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सातवटा मुस्लिम बहुल मुलुकका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएपछि इन्टरनेट सर्च कम्पनी गुगलले चिन्ता व्यक्त गरेको छ ।

ट्रम्पको आदेशबाट आफूहरु चिन्तित भएको र त्यसले अत्यन्त प्रतिभाशालीहरलाई पनि अमेरिका प्रवेश गर्न रोक्ने गुगलको बुझाई रहेको बीबीसीले जनाएको छ । ट्रम्पको आदेशसँगै गुगगले हाल विदेश भ्रमणमा रहेका आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको छ । कार्यकारी आदेशमा सिरियाली शरणार्थीहरुलाई अर्को सूचना नआएसम्म प्रतिबन्ध लगाइएको हो ।

ट्रम्पको आदेशलगत्तै फेसबुक संस्थापक मार्क जकरबर्गले लामो नोट पोष्ट गर्दै आफुसहित थुप्रै अमेरिकीहरु आप्रवासीका सन्तान, दरसन्तान भएको उल्लेख गरेका छन् र राष्ट्रपतिको कार्यकारी आदेशप्रति गम्भीर चिन्ता व्यक्त गरेका छ्न् ।

ट्रम्पको नयाँ आदेशसँगै अमेरिकामा इरान र इराक सहित ६ देशका नागरिकलाई आगामी तीन महिनासम्म प्रवेशाज्ञा दिइनेछैन । राष्ट्रपति ट्रम्पको आदेशले इरान, इराक, सिरिया, यमन, सुडान, सोमालिया र लिबियाका हजारौं नागरिकलाई अमेरिका जाने उडानहरुमा अनुमति नदिइन सक्छ।Donald-Trump

नयाँ बन्देजले विश्वभरबाट एच वान-बि प्रवेशाज्ञामा कर्मचारी भर्ना गर्ने प्रविधि सम्बन्धी कम्पनीहरुमाथि ठूलो असर पार्ने बताइएको छ । अमेरिकामा काम गर्ने स्वीकृति पाएका ग्रीन कार्ड भएकाहरुलाई पनि उडानमा जान नदिइएका खबरहरु सार्वजनिक भइसकेपछि त्यस्ता कम्पनीहरु प्रभावित हुने निश्चित भएको हो । यद्यपि, ट्रम्पको कार्यकारी आदेशमा ग्रीन कार्डको उल्लेख गरिएको छैन ।
कार्यकारी आदेशमा ट्रम्पकै शब्दमा ‘अतिवादी इस्लामिक आतंकवादीहरुलाई अमेरिका प्रवेश गर्नमा रोक लगाउनेछ’ भनिएको छ । तर अधिकारवादी समूहहरुले अमेरिकामा रहेका सिरियाली शरणार्थी र आतंकवादीबीच सम्बन्ध नरहेको बताएका छन् ।

बीबीसीमा प्रकाशित एक खबरमा राष्ट्रपतिले केही मुश्लिमहरुलाई रोक्न खोजे पनि त्यसले अमेरिकाको असाध्यै महत्वपूर्ण र नाफामूलक क्षेत्र प्रविधिमा ठूलो क्षति पुग्न सक्ने उल्लेख गरिएको छ । उक्त कार्यकारी आदेश विरुद्ध अमेरिकाका प्राध्यापकहरुले शुरु गरेको हस्ताक्षर अभियानमा ११ जना नोबेल पुरस्कार विजेताहरुले हस्ताक्षर गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की