December 29, 2017

जनस्वास्थ्यमाथि खेलवाड गर्ने ५० उद्योग कारवाहीमा !

काठमाडौं, पुस १४ । मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी गुणस्तरहिन वस्तु उत्पादन गरेर बिक्री वितरण गर्ने ५० उद्योगलाई कानूनी कारवाही गर्ने भएको छ ।

मानसिले खान नहुने (अखाद्य) वस्तु उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उद्योगका लगानीकर्तालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो ।“खाद्य तथा पेय पदार्थमा अखाद्य वस्तु मिसावट गरी बिक्री वितरण गरेकाले उपभोक्ताको स्वास्थ्यपूर्वक बाँच्न पाउने अधिकारलाई खलल पु¥याएको कसुरमा मुद्दा दर्ता गरेका हौँ”– विभागका प्रवक्त पूर्णचन्द्र वस्तीले भने । बढी नाफा आर्जन गर्ने उद्देश्यले मानव जीवनको स्वास्थ्यमा खेलबाड गरी अखाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने ५० उद्योग तथा फार्मलाई खाद्य ऐन २०२३ अनुसार कारबाही गरिने भएको हो ।

सबैभन्दा धेरै अखाद्य वस्तु उत्पादन गर्नेमा काठमाडौँ जिल्ला रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलले साउनदेखि कात्तिक मसान्तसम्म बजार अनुगमन गरी तयार पारेको उक्त प्रतिवेदनमा काठमाडौँ जिल्ला सबैभन्दा धेरै अखाद्य वस्तु उत्पादन गर्ने जिल्लामा गणना भएको छ ।

काठमाडौँ जिल्लाका ड्रिकिङ वाटर प्राली, युनिक उद्योग कालिमाटी, गोपीकृष्ण उद्योग, बालाजु, स्वस्तिक आयल इन्डष्ट्रिज, सुजल डेरी प्राली, काठमाडौँ डेरी प्राली, स्तूपा इन्डष्ट्रिज सुन्दरीजल, श्रीराम घ्यू प्याकेजिङ उद्योग चापागाउँ, दुग्ध विकास संस्थान बालाजु र गौतम स्विट्स न्यूरोड अखाद्य वस्तु उत्पादन गर्ने उद्योगमा परेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी प्रतिवेदनमा ललितपुरमा चार र भक्तपुरमा तीन उद्योगले उपभोक्ताको हितलाई बेवास्ता गर्दै दूषित, न्यून गुणस्तरयुक्त वस्तु उत्पादन गरी बिक्री वितरणमा ल्याएका छन् । ललितपुरस्थित नेपाल र मिल्कमाण्डु डेरी प्राली, नन्दन मिठाइ भण्डार, किसान दाना उद्योग र भक्तपुरस्थित शंखधर मिठाइ पसल, संजिवनी डेरी प्राली र नेचुरल स्प्रिङ वाटर झौखेलले न्यून तथा गुणस्तरहिन खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरण गरेको उल्लेख छ ।

उपत्यकाका तीन जिल्लाबाहेक बारा र रुपन्देहीमा सात, मकवानपुर पाँच, सर्लाही र कञ्चनपुरमा तीन, झापा र बाँकेमा दुई, सुनसरी, दाङ, बझाङ र कास्कीका एक एक उद्योगलाई समेत अभियोग लगाई सम्बन्धित जिल्लामा मुद्दा दर्ता गरिएको छ ।

दर्ता गरिएका मुद्दामा सबैभन्दा बढी तेल तथा तेलजन्य १३, खाद्यान्न दलहन र सोबाट बनेका खाद्य पदार्थ १०, दुग्ध तथा दुग्ध पदार्थ नौ, प्रशोधित पिउने पानी चार, फलपूmल तथा सोबाट बनेका पदार्थ तीन, मिठाइ तीन र अन्य खाद्य पदार्थमा ६१ प्रतिशत उद्योगबाट उत्पादन गरिएका वस्तु अखाद्य भेटिएका हुन् ।

दर्ता मुद्दामा १८ दूषित खाद्य पदार्थ, २५ न्यून गुणस्तरका र सात लेवलसम्बन्धी रहेका छन् । विभागका महानिर्देशक संजीवकुमार कर्णले बाराको आरती भेजिटेबल प्रोडक्टसले सञ्चालन गरेका सात उद्योगलाई भने पटके अखाद्य वस्तु उत्पादन गरेको अभियोगमा कारबाही चलाइने भएको जानकारी दिए ।

झापाको सागरमती फुड्स र धीरज चामल उद्योग, सुनसरीको तरहरा सपिङ, मकवानपुरको चुरियामाइ बेकरी उद्योगअन्तर्गत पाँच, बाँकेका रवीन्द्र ब्रदर्श कोहलपुर र प्रशान्त चाउमिन सस उद्योग बागेश्वरी, कञ्चनपुरको आयुष दाना उद्योग, जसलिङ स्टोर र बझाङको गोल्डेन त्रिस्पा स्टोर पनि कारबाहीको दायरामा आएका छन् ।

त्यसैगरी, दाङको एशियन सुपर मार्केट, कास्कीको सुजल डेरी प्राली र रुपन्देहीका माँ दुर्गा भण्डारी किराना पसल, सिद्धार्थ आयल इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ रिफाइनरी एण्ड सोलभेण्ट, दुर्गा मोडर्न आयल मिल र साईकृपा चिया उद्योगसमेत अखाद्य वस्तु उत्पादन गर्ने सूचीमा सूचीकृत भई मुद्दा खेपिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न