चीनमा ‘नक्कली लुम्बिनी’ बनाउन नेपाल सरकारले दियो सहमती !

चीनलाई पनि नेपाल सरकारले नक्कली लुम्बिनी बनाउन  अनुमती दिएको छ । भारतले आफ्नो भुमिमा नक्कली लुम्बिनी बनाएर प्रचार गरेको भन्दै नेपालीमा चिन्ता व्यक्त भइरहेको बेलामा नेपाल सरकारले चीनलाई पनि नक्कली लुम्बिनी बनाउन अनुमती दिने भएको हो । भारतले आफ्नो भुमिमा नक्कली ‘नक्कली कपिलवस्तु’ बनाइसकेको छ ।

lumbini-temple-nepal

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले चीनलाई नक्कली लुम्बिनी बनाउन सहमती दिएको खुलासा भएको हो । सहमति अनुसार लुम्बिनीमा रहेको मायादेवीको मन्दिर र अशोक स्तम्भ चीनको सिन्चुवान प्रान्तको लशानमा बन्ने भएको छ । उता नक्कली कपिलवस्तु बनाएकै भरमा भारतले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै आइरहेको छ ।

सरकारले चीनलाई अनुमती दिएपछि लुम्बिनीको हुबहु नक्कल बनाएर ‘नक्कली लुम्बिनी’ खडा गर्ने चिन्ता उत्पन्न भएको भन्दै जानकारीहरु चिन्तीत भएका छन् । स्रोतका अनुसार सहमति पत्रमा मायादेवीको मन्दिर र अशोक स्तम्भ बनाउने सहमति भए पनि कति आकार प्रकारको बनाउने भन्ने खुलाइएको छैन ।

सिन्चुवान प्रान्तमा सेप्टेम्बर ६ देखि ९ सम्म भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा मन्त्री अधिकारीसहितको टोली चीन गएको थियो । भारतले आफ्नो भुमिमा बुद्ध जन्मिएको भनी दाबी गर्दा बिरोध गर्ने नेपालीले चीनलाई नक्कली लुम्बिनी बनाउ दिने सरकारको सहमती पनि बिरोध गर्नुपर्नेमा जानकारहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल