गुम्बा विकास समितिको कार्यालयमा छापामार शैलीमा तालाबन्दी !

काठमाडौं । भूकम्पपछि भत्किएका गुम्बाहरुको पुनर्निर्माण नभएको भन्दै आन्दोलित बनेका बौद्ध धर्मालम्बीहरुले गुम्बा विकास समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।sanjok-manandhar-1

आइतबार विहानै जावलाखेल स्थित गुम्बा विकास समितिको कार्यालयमा तालाबन्दी भएको हो । गुम्बा विहार पुनर्निर्माण संघर्ष समितिले आज विहानै तालाबन्दी गरिदिएको बताइएको छ । गुम्बा पुनर्निमाणमा बिनियोजित रकम अनुसार काम शुरु नै नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले ‘भ्रष्ट’ कार्यकारी निर्देशक नरेन्द्र गुरुङको राजिनामाको समेत माग गरेका छन् । आन्दोलनकारीले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलको समेत राजिनामाको माग गरेका छन् ।

संघर्ष समितिले आगामी २२ गते प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाउने र २९ गते बौद्ध भिछुहरुले सिंहदरबार घेराउ गर्ने कार्यक्रम अगाडी सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा