के कारणले चिप्लियो मालिन्दो विमान ?

काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्नै लाग्दा मालिन्दो एयरको बोइङ ७३७ जहाज बिहीबार राति अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि करिब १४ घन्टा विमानस्थल ठप्प भयो । बिहीबार राति १०ः१० मा जहाज विमानस्थलको दक्षिणतर्फको धावनमार्ग (धावनमार्ग ०२) छाडेर ४० मिटर पर पुगेर रोकिएको थियो ।

malindo-air-plane-accident-ktm_MAk72PdZTB

त्यसपछि बन्द भएको विमानस्थलमा शुक्रबार दिउँसो ११ः३५ बजे मात्र अन्तर्राष्ट्रिय उडान चालू गरिएको थियो । चिप्लिएको विमानलाई दुर्घटनास्थलबाट पन्छाउन नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका अग्नि नियन्त्रक तथा उद्धार सेवाका कर्मचारी र नेपाल वायुसेवा निगमका ग्राउन्ड ह्यान्डलिङ विभागका कर्मचारी खटिएका थिए । 

के कारणले जहाज चिप्लियो ?
विमानस्थलको दक्षिणतर्फको धावनमार्ग ०२ बाट टेकअफ (उडान) लिने समयमा पाइलटले जहाजलाई अकस्मात् रोक्न खोजे । ‘उड्ने अन्तिम तयारीका क्रममा धावनमार्गमा तीव्र गतिमा गुडिरहेको जहाजको ककपिटको डिस्प्लेमा पाइलटले समस्या देखे,’ दुर्घटनाको प्रारम्भिक कारणबारे विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘त्यसपछि उनले एबन्डन टेक अफ (जहाज नउडाउने निर्णय) गर्दा जहाज धावनमार्ग छाडेर अगाडि गुड्यो र ४० मिटर पर पुगेर रोकियो ।’

जहाजमा चालक दलका सदस्यसहित एक सय ३९ यात्रु सवार थिए । दुर्घटनामा सबै यात्रु सकुसल रहे । जहाजको अगाडिको एउटा पांग्रामा समस्या आउनुबाहेक बाहिरी स्वरूपमा कुनै समस्या नदेखिएको क्षेत्रीले बताए । शुक्रबार नै नेपाल आएका मालिन्दो एयरका प्राविधिकले जहाजको प्राविधिक अध्ययन थालेका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण