November 9, 2017

काभ्रेका विकट क्षेत्रमा जिएसएम मोबाइल सञ्चालन

काठमाडौं,कार्तिक २३  : नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । 

downloadपहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्नसक्ने भएका छन् । यसबाट सो क्षेत्रका करिब तीन हजार सेवाग्राहीले सेवा प्राप्त गर्ने टेलिकमले जनाएको छ । 

टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गत वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा सञ्चालन गरेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गतका दानसे, लिसंखु, वाफल र अत्तरपुर, सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पा र कामेखोला तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाअन्तर्गत सिम्थली, बेकसिम्ले, मूलाबारी र भीमसेनस्थानका सेवाग्राही यसबाट लाभान्वित हुने विज्ञप्तिमा भनिएको छ । 

दूरसञ्चार सेवाबाट वञ्चित दुर्गम स्थानमा समेत नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा