कर्मचारी प्रशिक्षण प्रतिष्ठान खारेज, नारायणहिटीसहितका संग्राहलयमा दरबन्दी स्वीकृत

काठमाडौं, भदौ ३० । सरकारले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । शुक्रबार राति सकिएको मन्त्रिपरिषद् बैठकले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृति दिँदै संसदमा पेस गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए।

कर्मचारी प्रशिक्षण प्रतिष्ठान खारेज गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मिलान गर्ने निर्णय गरेको छ । दुुई तहमा रहेको यो संरचना अब एउटा मात्रै हुनेछ ।बैठकले प्रहरी पाँचौं संशोधन नियमावली र स्वास्थ्य नियमावली स्वीकृत गर्ने पनि निर्णय गरेको छ । नारायणहिटी दरबार संग्राहलय, पुुरातात्विक विभागअन्तरगतका संग्राहलय र स्मारक संरक्षण तथा दरबार हेरचाह, स्थानीय तह अन्तरगतका संग्राहलयमा संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने पनि निर्णय भएको मन्त्री अधिकारीले बताए ।

यस्तै मन्त्रीपरिषद्को बैठकले अन्तर्राष्ट्रिय आणविक उर्जा संगठनको ६२ औं महासभामा भाग लिनको लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डलको गठन र अरु व्यवस्था गर्ने निर्णय गरेको छ ।स्वास्थ्य मन्त्री तथा कर्णाली र गण्डकी प्रदेशका मूूख्यमन्त्रीको विदेश भ्रमण पनि स्वीकृत भएको छ भने नेपाली सेनालाई विभिन्न तालिममा जानको लागि पनि स्वीकृति दिने निर्णय भयो। विशेष सेवाको नयाँ कानूून बनाउने गरी सैदान्तिक स्विकृति र नेपाल वायुसेवा निगमको बोर्ड सदस्यमा मदन खरेललाई बोर्ड सदस्यको रुपमा नियुुक्त गर्ने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा