September 2, 2016

ओलीको थाइल्याण्ड भ्रमणको रहस्य यस्तो

images (1)१७ भदाै, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएको बिहिवार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन्, स्वास्थ्य उपचार गराउने बाहानामा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बैंकक जाने बेलामा ओलीले वर्तमान प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरे ।

ओलीले प्रचण्डलाई भारतीय इशारामा चलेको अभिव्यक्ति मात्र दिएनन् नेपालको संविधान संशोधनका विषयमा समेत भारतलाई आमन्त्रण दिएको घुमाउरो आरोप लगाए । पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले झण्डै १५ दिन लामो भ्रमण तय किन गरे ? नेपालमा जस्तै यहाँ नयाँ दिल्लीमा पनि उनको भ्रमणको चर्चा हुन थालेको छ ।

नेकपा एमालेका अनुसार बिहिवार थाइल्याण्ड प्रस्थान गरेका ओलीले बैंककमा स्वास्थ्य परिक्षण गराउने छन् । त्यसपछि उनको भ्रमण इन्डोनेशिया हुनेछ ।

एमाले पार्टी कार्यालयको विज्ञप्ती र ओलीको अभिव्यक्ति अनुसार भ्रमण विशुद्ध स्वास्थ्य परिक्षण तथा घुमघाममा केन्द्रीत रहेको देखिन्छ तर अन्त्यमा भने उनको भ्रमणको उद्देश्य भने अर्कै रहेको पाइएको छ । उनको टोलीमा पत्नी राधिका शाक्य, भतिजा राजेश बज्राचार्य र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागि छन् ।

तर, उनी चक्कर मारेर चक्मा दिने भन्दै भारतीय खुफिया एजेन्सीका मान्छे भेट्न बैंकक गएका हुन् । ओलीको भ्रमणका विषयमा भारतमा समेत चर्चा सुरु भएको छ । भारतीय जनता पार्टीका एक नेताका अनुसार नेपालका पूर्वप्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वास्थ्य परिक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रीत रहेको छ । त्यसैले ओलीको भ्रमणका विषयमा नयाँ दिल्लीमा चर्चा हुन थालेको हो ।

स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । पछिल्लो समय भारतीय गुप्तचर संस्था रअले दक्षिण एसियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ । अघिल्लो माघमा पूर्वराज ज्ञानेन्द्र शाहसँग पनि बैंककमै कुराकानी भएको थियो । रअका प्रमुख राजिन्दर खन्ना पनि यसै हप्ता थाइल्याण्ड पुगेका छन् । उनले थाइल्याण्ड बसाइमा ओलीसँग नेपाल मामिलामा छलफल गर्नेछन । आजको जनआह्वान साप्ताहिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक