एमाले-माओवादी बीचको वाम गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय छ : बिजुक्छे

भक्तपुर,पौष २३  : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गरेका छन् । 

नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, “एमाले र माओवादी केन्द्रबीच रहेको वाम गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको छ, त्यसमाथि पनि मधेशवादी दल पनि दुई पार्टीको एकतामा भाँजो हाल्ने काम गर्दैछन ।” 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा सुशासन कायम हुन नसकेको, सरकारी अड्डामा भ्रष्टाचार बढ्दै गएको, सेवाग्राहीले सास्ती भोग्दै गएको र प्राकृतिक सम्पदाको दोहन हुँदै गएको बताउँदै यसलाई रोक्नुपर्नेमा जोड दिए ।

प्रजिअ द्रोण पोखरेलले भक्तपुरका समाचार सम्प्रेषण गर्दा सत्यमा आधारित रहेर गर्न आग्रह गरे । 
पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले पत्रकारको पेशागत र सुरक्षाका चुनौतीलाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।  रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा