February 16, 2018

एकै दिन दुई मन्त्रीपरिषदको बैठक , ओलिले गरे पाँच निर्णय !


 

फल्गुण ४ काठमाडौं । देउवाले सिंहदरबारस्थित मन्त्री परिषद्को जुन कार्यालयमा बिहान बैठक राखेका थिए, त्यहीँ साँझ ओलीले अर्को मन्त्री परिषद्को बैठक राख्न भ्याए।वामगठबन्धनको तर्फबाट केपी ओलीले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्रीको दावी पेश गर्ने तयारी भएपनि तत्कालै प्रधानमन्त्रीको नियुक्ति र सपथ हुने अपेक्षा थिएन।

तर ओलीले आफुलाई सबैभन्दा ठूलो दल एमालेले प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको र तेस्रो ठूलो दल माओवादीको पनि समर्थन रहेको पत्रसहित प्रधानमन्त्री दावी गरेलगत्तै राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको सार्वजनिक भयो।

लगत्तै राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्रीलाई सपथ गराउने कार्यक्रम पनि राख्यो। सायद तीव्र रुपमा सबै प्रक्रिय अगाडि बढ्ने संकेत पाएर होला शेरबहादुर देउवाले बिहान सिंहदरबारमा मन्त्री परिषद्को अन्तिम बैठक राखे र तत्कालै राष्ट्रका नाममा सम्बोधन गरी राष्ट्रपतिलाई राजिनामा बुझाए।

देउवाले सिंहदरबारस्थित मन्त्री परिषद्को जुन कार्यालयमा बिहान बैठक राखेका थिए, त्यहीँ साँझ ओलीले अर्को मन्त्री परिषद्को बैठक राख्न भ्याए। प्रधानमन्त्री कार्यालयमा बिहान देउवा मन्त्री परिषद्को बैठक बस्यो भने सोही दिन साँझ ओली मन्त्री परिषद्को बैठक। सिंहदरबारमा एकैदिन दुई वटा मन्त्री परिषद्को बैठक बसेको यो सायद दुर्लभ घटना पनि हो।

माओवादीले पार्टी एकता प्रक्रिया पूरा नभइ सरकारमा सहभागिता नजनाउने भन्दै मन्त्री नपठाएपछि ओलीले लालबाबु पण्डित र थममाया थकालीलाई मात्र बिहिबार मन्त्री बनाए। साँझ ओलीले तिनै दुई जना सहितको मन्त्री परिषद्को पहिलो बैठक आयोजना गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्री ओलीले विदेशी लगानी आकर्षित गर्न अनुकुल वातावरण बनाउने र भ्रष्टाचार विरुद्ध शून्य शहनशीलता अपनाउने बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गरेपछि ओलीले २ वर्षभित्र गाउँ र नगरपालिकाहरूमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिवद्धता जनाएका छन्।

शीतलनिवासमा राष्ट्रपतिबाट सपथ लिएपछि प्रधानमन्त्री ओली शहिदको सालिकमा माल्यार्पण गरेपछि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गर्न ओली किर्तिपुरस्थित चम्पादेवी पुगेका थिए।

त्यसपछि सिंहदरबारमा पदभार ग्रहण गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन प्रदेश र स्थानीय सरकार जनमुखि र प्रभावकारी रुपमा संचालन गर्ने लगायत ५ वटा निर्णयमा हस्ताक्षर गरेका छन्।

ओलीले संघीय संसदको भवन २ वर्षभित्रै निर्माण गर्ने योजना पनि अघि सारेका छन् भने कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य र खानेपानीको आपूर्ति व्यवस्थामा जोड दिने जनाएका छन्।

संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले बाह्य लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न आफूले प्राथमिकता दिने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने