January 11, 2020

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

 
पुस २६,काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

रिक्त रहेको सभामुख पदको निर्वाचन आइतबारबाट सुरु हुने भएपछि नेकपाले उक्त निर्णय लिएको हो। यद्यपि उपसभामुख तम्बाहाम्फेले राजीनमा नदिने बरू महाअभियोग लगाएर हटाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिँदै आएकी छन्।

शुक्रबार मात्रै उपसभामुख तुम्बाहाम्फेले दुवै अध्यक्षसँग भेटवार्ता गरेर सभामुखका लागि आफ्नो अयोग्ता पुष्टि गर्न भनेकी थिइन्।

असोज १२ गते संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेर तत्कालीन कृष्णबहादुर महरा जेल गएपछि सभामुख पद रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक