November 12, 2019

आलम बम काण्डः प्रत्यक्षदर्शी चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा

 

कार्तिक २६, काठमाडौँ । १२ वर्ष पहिलो भएको रौतहट बम काण्डको प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ ।

चमारले आफ्नो  घरमा बसी रहेको अवस्थामा अपहरण गरी आफूलाई बन्धक बनाई डर, धम्की दिई जवरजस्ती बयान फेर्न लगाएको कुरा बाहिर ल्याएपछी यस्तो खुलासा भएको हो ।

भारत सीतामढीका चमारका अनुसार घरमा बसी रहेको बेला यस घटनाका आरोपी रौतहट-२ बाट निर्वाचित नेपाली कांग्रेस सांसद मोहम्मद अफ्ताब आलमका ४/५ जना मान्छेले  जीपमा आएर केही काम छ भनी अपहरण गरी आलमका सम्धी शिवहर विधानसभा क्षेत्रका विधायक सरफुद्दिन सेखको घरमा चारदिन सम्म बन्धक बनाइ राखेका थिए ।

उनलाई पैसाको लालच र ज्यान मार्ने धम्की दिई जबरजस्ती एउटा कागजमा सही गर्न लगाई आफूलाई उक्त घटनाबारे केही जानकारी नभएको र आफू बम नभई स्टोभ पड्केर घाइते भनी बयान दिनु’ भनेको उनले बताए ।  

सो घटनाको साक्षी बनाएर अदालतमा पेश गरिन लागिएको चमारले यस बमकाण्डबारे आफूलाई केही जानकारी नभएको र  स्टोभ पड्केर आफू घाइते भएको भनि उल्लेख गरिएको उनको सही भएको साे कागज असोमबार रौतहट जिल्ला अदालतमा पेश भएपछी अदालतमा एक किसिमको  तरंग नै पैदा भएको थियो ।

उक्त बम काण्डमा पक्राउ परेका आलममाथि जिल्ला अदालत रौतहटमा हाल  थुनछेक बहस चलिरहेको छ । उनीमाथी २०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोप  लागेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक