कार्तिक १, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुमार पन्त बिजयी हुन सफल भएका छन् ।
बिहिबार भएको संघको निर्वाचनमा अध्यक्ष पन्तले सोही पदका लागि उम्मेदवार भएका कुल आचार्यलाई हराउँदै बिजयी हासिल गर्न सफल भएका हुन् ।
यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । एनआरएनएको महासचिवमा डा.हेमराज शर्मा, सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन् । कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।
यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् । अध्यक्ष पदमा बिजयी पन्तलाई सत्तारुढ नेकपाको राम्राे साथ थियो भने अर्का उम्मेदवार आचार्यलाई कांग्रेसकाे साथ रहेको थियो ।
४२ पदका लागि ७६ जनाको उम्मेदवारी रहेको यस निर्वाचनमा २ हजार ३ सय ४१ जनाको मत खसेको थियो ।
अध्यक्ष पदमा बिजयी पन्तले आफू उम्मेदवार हुँदै नै लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए । उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन् ।
अब आगामी २ वर्ष सम्मका लागि पन्तले अध्यक्षको पदकाे कार्यभार समाल्ने छन् ।
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक