अाज लक्ष्मीपूजा : धनधान्यकी देवी लक्ष्मी पूजा गरिदै, यस्ता छन् पुजा विधिहरु

 

काठमाडौँ / यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो ।

लक्ष्मी

उनलाई खुसी पार्न कुवेरको फोटो राख्नुपर्छ कुवेरपनि धनि देवता भित्र पर्ने भएकाले कुवेरले धनको रक्षा गर्ने भएकाले लक्ष्मी खुसी हुन्छिन भन्ने विश्वास रहेको छ ।

कुबेर पनि धनका मालिक हुन कुवेरलाई खुसी पार्न कुवेरको मूर्ति राखेको ठाउँमा सफाराख्नुपर्छ भने उनलाई श्रीफल भनिने नरिवल चढाएमा लक्ष्मी खुसी हुन्छिन् भन्ने धार्मिक ग्रन्थमा उल्लेख छ । श्री फलको अर्थ नरिवल हो ।

विशेष त घरमा पारोले बनको लक्ष्मीको मूर्ति राख्नु उचित मानिन्छ । लक्ष्मीको समुन्द्रबाट उत्पति भएको कारण लक्ष्मीलाई समुन्द्रकै उत्पादनका मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्त हुने विश्वास छ ।

घरमा चाँदिबाट बनेका लक्ष्मी र गणेशको मूर्ति राख्नु सनकै राम्रो मानिन्छ । यस्ता मूर्तिलाई दैनिक रुपमा पूजा गर्नुपर्छ । लक्ष्मीलाई खुसी पार्नको लागि श्री यन्त्रको प्रयोग गर्नु पर्ने हुन्छ । श्रीयन्त्रको पूजा गर्दा लक्ष्मी खुसी हुन्छिन् । कमलको फूल लक्ष्मीलाई निकै मन पर्ने हुँदा कमलको बिया घरमा राख्दा भन लाभ हुने जनविश्वास रहेको छ ।

शुक्रबारको दिन लक्ष्मीको पूजा गर्नु राम्रो मानिन्छ । लक्ष्मीले सबैको मनोकांक्षा पूरा गर्ने भएकाले सुख शान्तिसँग बस्न सकियोस् । यदि मानिसको जन्मकुण्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिन्छ । यसरी शुक्रको प्रभावले जीवनमा निकै कष्ट र रोगहरुसँगको सामना गर्नुपर्ने हुन्छ । जसको कारण जिवनमा सुख भन्ने ना नै हुँदैन् ।

लक्ष्मी मातालाई खुसी पार्न मानिसहरु हरेक कुरा गर्न तयार हुन्छन् साच्चै तपाई लक्ष्मी मातालाई खुसी राख्न चाहनुहुन्छ भने पुजा गरिसकेपछि लक्ष्मीको स्तुती पाठ गर्नु जरुरी रहेको छ । जसले तपाईको मनोकामना पूरा हुन्छ ।

लक्ष्मी स्तुती यस प्रकार रहेको छः

आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि। यशो देहि धनं देहि सर्व कामांश्च देहि मे।।ज्ञ।। सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्र९पौत्र प्रदायिनि। पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे।।द्द।। विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि। विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।।घ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक