July 31, 2018

अब मुख्यमन्त्री तथा मन्त्रीले चाडपर्व भत्ता नपाउने !

पाँच नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले चाडपर्व भत्ता नपाउने भएका छन् । प्रदेश ५ को सोमबारको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीले चाडपर्वबापतको एक महिनाको तलब सुविधा नपाउने कानुन निर्माण भएको हो ।

सरकारले १३ महिनाको तलब सुविधासहितको विधेयक सदनमा दर्ता गरे पनि सांसदले चाडपर्वबापतको एक महिनाको तलब पाउने बुँदा हटाइदिएका हुन् ।

अर्थ, उद्योग तथा पर्यटन समितिले सोमबार सदनमा पेस गरेको प्रतिवेदन पारित भएसँगै प्रदेश ५ का मुख्यमन्त्री, मन्त्री तथा सांसदले चाडपर्वबापतको तलब सुविधा नपाउने भएका हुन् ।

सोमबारको बैठकमा सांसद तुल्सी चौधरीले देशभरि सकारात्मक सन्देश दिन मुख्यमन्त्री तथा मन्त्रीहरूको चाडपर्व खर्च हटाइएको बताए । ‘जनताको काम गर्ने जनप्रतिनिधिले चाडपर्व खर्च लिनु हुँदैन भन्ने सन्देश दिन खोजिएको हो’, उनले भने।

त्यस्तै प्रदेश ५ को प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्री, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवासुविधासम्बन्धी विधेयक पारित गरेको छ ।

पारित भएको विधेयक अनुसार अब प्रदेश सभाका सभामुखले ५३ हजार, उपसभामुखले ५० हजार, विपक्षी दलको नेताले ५० हजार, प्रदेश सभाका सबै दलका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सचेतकले ४८ हजार र सदस्यले ४५ हजार प्रति महिना पारिश्रमिक पाउने भएका छन् ।

मासिक पारिश्रमिक बाहेक प्रदेश सभाको बैठक भत्ताबापत प्रतिदिन १ हजार पाउनेछन् । सभामुखदेखि प्रदेशसभा सदस्यले समेत एक जना स्वकीय सचिव राख्न पाउने भएका छन् ।

त्यस्तै प्रदेश सरकारका मुख्यमन्त्रीको ६० हजार ९ सय ७०, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार मासिक पारिश्रमिक निर्धारण भएको छ । आवास अन्र्तगत राज्यमन्त्री र सहायक मन्त्रीले फर्निचर बापत एकमुष्ट ५० हजार सुविधा तोकिएको छ ।

मुख्यमन्त्रीका लागि उपसचिव सरहको सेवा सुविधा हुनेगरी स्वकीय सचिव १ जना, अधिकृत २ जना र प्रेस संयोजक १ जना उपलबध हुनेछन् । त्यस्तै मन्त्रीले अधिकृत सरह सेवा सुविधा हुनेगरी १ जना स्वकीय सचिव र १ जना कम्प्यूटर अपरेटर राख्न पाउने छन् ।

सबै स्वकीय सचिवालयका कर्मचारीले सुरु स्केल अनुसार मात्र तलब पाउने र सबैको पारिश्रमिक बैंक खाताबाट मात्र उपलब्ध गराईने प्रस्ताव समेत स्वीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा