January 25, 2018

अब नयाँवानेश्वर क्षेत्रमा ‘फ्रि वाई–फाई’, एकैपटकमा ५ सयले चलाउन सकिने !

माघ ११

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १० को नयाँ वानेश्वर क्षेत्रमा ‘फ्रि वाई–फाई’ को व्यवस्था गरेको छ । नयाँ वानेश्वर क्षेत्रका ४ स्थानमा बुधबारदेखि ‘फ्रि वाई–फाई’ को व्यवस्था गरेको महानगरपालिकाले जनाएको छ ।

त्यसको सुरक्षा तथा निगरानीका लागि १६ वटा सीसीटीभी पनि जडान गरिएको महानगरपालिकाले जानकारी दिएको छ । नयाँ वानेश्वरमा रहेको वानेश्वर पार्क, सानो गौचरन, थापागाउँ चोक र वुद्धनगर सेतो गणेश मन्दिर ‘फ्रि वाई–फाई’ क्षेत्र बनेको छ ।

“सहरलाई समृद्ध बनाउनु त छँदैछ, यसबाहेक अव सुरक्षित र व्यवस्थित बनाउने कामलाई प्राथमिकतामा राखेर यो कामको सुरुवात गरेका हौं,” काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले भने ।

वडा नंं १० का वडाध्यक्ष रामकुमार केसीले वडास्तरमा देखिने किसिमका कामका योजना स्वीकृत गराउन सिंहदरबार नै पुग्नुपर्ने भएका कारण वडाबासीको चाहनाअनुसारको विकास गर्न नसकिएको स्वीकार गर्दै सुधारका काम भने यसैगरी गर्दै अघि बढ्ने बताए । जडान भएका सीसीटीभीले वाईफाईका लागि राखिएको सामग्री सहित अन्य सामग्रीको पनि सुरक्षा होस् भन्ने उद्देश्य रहेको महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले बताए ।

कनेक्ट गर्ने कसरी ?  
 

निः शुल्क ‘वाई–फाई’ जडान भएका स्थानमा पुग्ने सर्वसाधारणले आफ्नो स्मार्ट मोवाइल खोलेर सिधै कनेक्ट गर्न सक्नेछन् । १ घण्टापछि भने सेवा निरन्तर गर्न अपडेट गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

एक ठाउँबाट १ पटकमा ५ सय व्यक्तिले एकैपटक चलाउन सक्नेछन् । करिब १४ लाख रुपैयाँ लागत अनुमानमा थालिएको प्रविधि जडानले वडालाई स्मार्ट र सुरक्षित वडाका रुपमा विस्तार गर्ने आधार तयार भएको वडा सचिव प्रकाश खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा