प्रदेश

किन राेकियाे एमसीसी ?

बैशाख २, प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव निर्णयार्थ संसद्मा पेस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री सभामुखविरुद्ध जंगिए पनि उनकै दल एमालेभित्र एमसीसीको विरोध गर्ने नेताहरुको कमी छैन । एमसीसी मुलुकको हितविपरीत रहेको भन्दै नेकपा माओवादी तथा नेकपा एमालेभित्रकै कतिपय नेताले […]

लुम्बिनीमा माओवादीसँग एमालेको सम्बन्धबिच्छेद, मन्त्रिपरिषद् पुनर्गठन

 चैत २४,रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई मन्त्री हटाउने तयारी गरेको छ । माओवादी केन्द्रले एमालेमा गएका दुई सांसदलाई कारबाही गरेपछि एमालेले माओवादीसँग सम्बन्ध विच्छेद गर्न खोजेको हो । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी तथा सामाजिक विकास मन्त्री सुदर्शन बराल सहभागी छन् […]

कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्छु: मन्त्री उषाकला राई

खाेटाङ, चैत १४ः प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवर्द्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने […]

भारी हिमपातका कारण मनाङकाे जनजीवन कष्टकर

मनाङ, पुस २२ः देशैभरी पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको छ । मौसमको खराबीका कारण हिमालपारिको जिल्लामा हिमपात शुरु भएको छ । सोमबार बेलुकीदेखि परेको हिमपातले मनाङको जनजीवन झन् कष्टकार बनेको छ । सोमबारदेखि भारी हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडा सदस्य चोल्पा गुरुङले जानकारी दिए । केही दिनअगाडि खोला […]

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा

काठमाडौं ,पुस १०,  । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ। आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनर्फत सबैभन्दा धेरै उजुरी […]

अपहरण मलेसियामा , बार्गेनिङ नेपालमा 

काठमाडौं, असाेज २२: दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन्। उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन्। बैंकका कर्मचारीले उक्त रकमको स्रोत खोजी गर्दै किन जम्मा गर्न लागेको भनेर बुझे। अनिताले पति मध्म रैदास मलेसियामा अपहरणमा […]

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिन सकिने नेकपाको निर्णय

असार ६, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिन सकिने निर्णय गरेको छ । शनिवार बसेको सचिवालय बैठकमा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकका कतिपय प्रावधानहरूमा छलफल भइरहेको सन्दर्भमा नेकपाले यस्तो निर्णय गरेको हो l बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नेपाली […]

वैवाहिक अंगिकृत नागरिकता विषयमा अझै जुटेन सहमति

  असार २, काठमाडौं । राज्य व्यवस्था समितिको बैठकमा वैवाहिक अंगिकृत नागरिकताका विषयमा भएको आजको छलफलमा कुनै सहमति जुट्‍न सकेन ।  एक वर्षपछि मंगलबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सभापति शशि श्रेष्ठले वैवाहिक अंगिकृत नागरिकता पाउन सात वर्ष पूरा भएको हुनुपर्ने र त्यो अवधिसम्मको लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने गरी स्थायी परिचयपत्र दिने […]

पर्वतमा पहिराेले २ घर बगाउँदा ३ जनाकाे शब फेला, ६ जना बाेपत्ता

  पर्वत, जेठ ३२ः गएराति अविरल वर्षाका कारण कुस्मा नगरपालिका ३ दुर्लुङमा पहिरोले २ घर पुरिँदा ३ जनाको शब भेटिएको छ भने ६ जना अझै बेपत्ता रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीका अनुसार राती २ बजे सम्म पहिराेमा पुरिएकाकाे खोजी गरिएको र अहिले बिहानै देखि स्थानीय तथा सुरक्षाकर्मीले  तीब्र रूपमा खोजी […]

चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, परीक्षण रिपोर्ट भने आउन बाँकी

प्रकाशित : २०७६ चैत ११ गते  चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा एक जना विरामीको मृत्यु भएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंकामा अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका वीरगंज घर भएका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको अस्पतालले जनाएको छ । विरामीलाई पहिलेदेखी नै लुपस भन्ने रोग रहेको थियो। उक्त रोगका कारण मृगौला कमजोर भएको […]

 

photo

NOC1-250x300