अन्तर्राष्ट्रिय

के भयो आजको प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोनमा संवादमा?

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोनमा संवाद भएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी भारतीय समकक्षी मोदीलाई शुभकामना दिएका हुन । प्रधानमन्त्री ओली र मोदीबीच शनिबार करिब १० मिनेट टेलिफोनमा कुराकानी भएको र उक्त कुराकानीबारे परराष्ट्र मन्त्रालयले जानकारी गराउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य […]

केरलामा एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

साउन २४, नयाँ दिल्ली : दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान शुक्रबार साँझ केरलाको विमानस्थलनमा दुर्घटना भएको छ । दुबई बाट आएको एयर इन्डियाको आईएक्स–१३४४ बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ । विमान धावनमार्गबाट चिप्लिएर ठोक्किँदा दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमान दुई टुक्रा भए पनि आगलागी […]

ओलीको अभिव्यक्तिप्रति दिल्लीमा चासो

 प्रकाशित मिति: मंगलबार, आषाढ १६, नयाँदिल्ली । प्रधानमन्त्री केपी ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र […]

कति पुग्यो मृतक र संक्रमितको संख्या अमेरिकामा ?

काठमाडौँ, ८ असार । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन २६७ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय भने मृत्यु हुनेको संख्यामा ह्वात्तै कमी आएको छ। तर, संक्रमितको संख्या भने झन् बढ्न थालेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २२ हजार २४७ पुगेको छ । त्यस्तै आइतबार २६ हजार बढी संक्रमित फेला परेका […]

‘युद्ध अपराध’ गरेको भन्दै चीनविरुद्ध उत्रिए कृष्ण पहाडी

असार ५, २०७७ काठमाडौं : नेपालका दुवै छिमेकी मुलुक चीन र भारतका सैनिकबीच दुई दिनअघि लद्दाखको गलवान उपत्यकामा झडप हुँदा कर्नेलसहित २० भारतीय सैनिक मारिए। लामो समयदेखि तनावपूर्ण रहेको उक्त स्थानमा सन् १९६२ यताकै डरलाग्दो रक्तपातपूर्ण हतियारबिनाको झडपमा भारततर्फ ठूलो क्षति भएपछि नेपालमा पनि त्यसबारे फरक फरक प्रतिक्रिया आइरहेका छन्। नेपाली भूमि हडपेपछि भारतविरोधी भावना […]

भारतमा एकैदिन दुई हजार ३ जना कोरोना संक्रमणबाट मृत्यु

२०७७ असार ३ बुधबार १५:४८:०० काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट अहिलेसम्मकै अधिक मानिसको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिनमा दुई हजार ३ जनाको मृत्यु भएको हो । हालसम्म भारतभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ । त्यसैगरी एकदिनमा १० हजार ९७४ कोरोना संक्रमित थपिएका […]

नयाँ नक्सालाई निसान छापमा समेट्ने कदमप्रति भारतको असहमति, वार्ताको बाटो बिराएको प्रतिक्रिया

  जेठ ३२,काठमाडौं  – नयाँ नक्सालाई निसान छापमा समेट्न संसद्ले शनिबार गरेको संविधान संसोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ ।  नेपालले संविधान संसोधन गर्दै सीमा विवाद वार्ताबाट हल गर्ने आपसी समझदारी उल्लंघन गरेको दाबी भारतको छ ।  यसलाई गम्भीर र चासोको रुपमा लिएको भारतले जनाएको छ । ‘भारतको भूभाग समावेश […]

अफगान राष्ट्रपति तालिबानसँगको दोहा वार्तामा जाने

 जेठ ३१, काबुल : अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार भएको बताइएको छ । उनी दोहा वार्ताका लागि तयार हभएको अफगानिस्तानका लागि कतारको विदेश मन्त्रालयका विशेषदूतले जानकारी दिएका हुन् । अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिनुभएको समाचारमा […]

कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशको सूचीमा ब्राजिल दोस्रो स्थानमा

जेठ ३१, काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै व्यक्ति मृत्यु हुने देशको सूचीमा ब्राजिल दोस्रो स्थानमा पुगेको छ । बेलायतलाई उछिन्दै ब्राजिल दुई नम्बरमा पुगेको बीबीसीले जनाएको छ । पहिलो नम्बरमा अमेरिका छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ४१ हजार ८२८ संक्रमितको ज्यान गइसकेको छ । बेलायतमा ४१ हजार ५६६ संक्रमितको ज्यान […]

भारतसँगको सीमा विवादबीच चीनको शक्ति प्रदर्शन 

जेठ २६, भारतसँग पूर्वी लद्दाखमा जारी तनावका बीच चीनको सरकारी मिडिया भारतमाथि दबाब बनाउने प्रयास गरिरहेको छ । ग्लोबल टाइम्सले आइतबार चिनियाँ सैनिकहरुको युद्ध अभ्यासको भिडियो साझा गरेको छ । भिडियोमा चीनले सीमामा जुनै पनि समयमा सैनिक र हतियार एकीकृत गर्न सक्छ भन्ने देखाइएको छ । ग्लोबल टाइम्सको दाबी अनुसार चिनियाँ जनमुक्ति सेना (पीएलए) ले […]

 

photo

NOC1-250x300