कोरोना भाइरसको संक्रमणसँगै पर्यटन क्षेत्रमा ठूलो असर

 

मोरङ, कात्तिक ८ः कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। कोरोनाका कारण बाह्य र आन्तिरक पर्यटकको चहलपल नभएपछि पूर्व क्षेत्रमा खुलेका ठूलो लगानीका होटल, पार्क मात्रै होइन विभिन्न ठाउँमा खुलेका होमस्टे पनि समस्यामा पर्न थालेका छन्।यससँगै पर्यटन क्षेत्रको सम्भावना बोकेको प्रदेश १ का विभिन्न स्थानमा ठूलो लगानीमा पार्क, रिर्सोट, खुल्ने क्रममा रहेको छन्। तर, गत चैत ११ गतेबाट सुरू भएको लकडाउनका लागि आकर्षक मानिएको प्रदेशका पार्क तथा रिसोर्टहरू बन्द भएसँगै आर्थिक भारबाट थलिएका छन्।सुनसरीको इटहरी उपमहागरपालिकामा ओसियन पार्क एण्ड रिसोर्ट, मोरङको बेलबारीस्थित ड्रिम गार्डेनलगायत फन पार्कको अवस्था दिनानुदिन खस्किँदै गएको छ। त्यसैगरी, इटहरीको तालतलैयामा सञ्चालनको तरखरमा रहेको ठूलो लगानीको एम्युजमेन्ट एण्ड वाटर पार्क अन्योल अवस्थामा रहेको छ। पर्यटन क्षेत्रमा सम्भावना बोकेको भए पनि अहिलेको विषम परिस्थितिमा सरकारबाट राहत प्याकेज आउन नसक्दा लगानीकर्ता निराश देखिएका छन्।

इटहरीको तालतलैयामा करिब ४० करोड रूपैयाँको लगानीमा सञ्चालनमा आउने तयारीमा रहेको एम्युजमेन्ट एण्ड वाटर पार्क बन्दाबन्दीको असरले रोकिएको छ। छिमेकी राष्ट्र भारत, पर्यटन वर्षलाई केन्द्रित गरेर करिब ६ विघा क्षेत्रफलमा सञ्चालनमा आउन लागेको पार्कका सञ्चालक विनोद पौडेलले लगानी ठूलो भएसँगै आर्थिक भारको समस्या उत्पन्न हुने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको