आँखाका लागि गाजर राम्रो कि अंगुर ?

1682628779b96667e6dbbb3be99529478cef571377एजेन्सी – आँखाको दृष्टिलाई तेज बनाउन तथा बालबालिकालाई दृष्टिबिहीन हुनबाट बचाउन गाँजर खुवाउने गरिन्छ । तर आँखाका लागि गाजर भन्दा पनि अंगुर फलदायी हुने एक नयाँ अध्ययनले देखाएको छ । अंगुर नियमित खाँदा आँखाका लागि निकै लाभदायी हुनुका साथै जीवनको उत्तराद्धमा अन्धोपनबाट बचाउने सो अध्ययनमा उल्लेख छ ।

अंगुरले ‘अक्सिडेटिभ स्ट्रेस’ नाम गरेको रसायनिक प्रक्रियाबिरुद्ध आँखालाई बचाउने वैज्ञानिकहरुले बताएका छन् । रसायनिक प्रक्रियाले हानीकारक अणु वा कण रेटिनाभित्र जाने पनि अध्ययनले पत्ता लगाएको छ ।

एन्टिअक्सिडियन्टयुक्त अंगुरले आँखाको दृष्टिलाई बलियो बनाउनुका साथै आँखाका कोषहरुलाई सुरक्षा गर्ने अध्ययनको दाबी छ । रेटिना उज्यालोलाई ‘रेसपोन्स’ गर्ने कोषहरु भएको आँखाको एउटा अंश हो । रेटिनामा हुने कुनै पनि रोगले आँखाको दृष्टि गुम्छ ।

अमेरिकास्थित मिलान युनिर्भसिटीका प्राध्यापक अविगाली हकाम भन्छन्, ‘नियमित अंगुरको सेवन गर्दा आँखाको दृष्टि मजबुत हुनुका साथै अन्धोपनबाट बचाउँछ । ’

न्युट्रेसन नामक अखबारमा प्रकाशित सो अध्ययन अनुसार अक्सिडेन्टल प्रेसरको हानीबाट बचाउन र नमुना प्रयोगशालामा रेटिनाको कार्य र बनौटको रक्षा गर्न अंगुरले महत्वपूर्ण भूमिका खेलेको थियो ।

अध्ययन अनुसार चिस्याईएको र सुक्का पारिएको अंगुरको धुलो मुसालाई खुवाईएको थियो । अंगुरको धुलो खाने मुसाको रेटिनाको संरचना र कार्य अंगुर नखाने मुसाको भन्दा धेरै राम्रो पाइएको थियो ।

‘यस रमाइलो अध्ययनले अंगुर र रेटिनाबीचको सम्बन्धले आखाँको दृष्टि तेज हुने दर्शाएको छ,’ प्राध्यापक ह्याकम्यान भन्छन्अंगुरमा भिटामिन सी, भिटामिन के र बेटाक्यारेटोनी हुन्छ । यस अगाडि गरिएको एक अध्ययन अनुसार नियमित रुपमा एक गिलास अंगुरको जुस खाँदा मुटुको रोग, क्यान्सर र अल्जामर रोगबाट बचाउछ । त्यस्तै वासिंगटन स्टेट युनिर्भसिटीको अर्को एक अध्ययन अनुसार अंगुर खाँदा तौल बृद्धि हुनबाट नियन्त्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि