ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

काठमाडौँ, चैत १६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने भएको छ।

एमाले अध्यक्षसमेत रहेका ओलीकी पत्नी राधिका शाक्यले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै थुनामुक्त गर्न मागसहित हिजो सर्वोच्चमा रिट दायर गर्नुभएको हो। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटमा आजै सुनुवाइ तोकिएको छ।

यसैगरी, पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्दै उनकी पत्नी यशोदा लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ पनि आजै हुने जनाइएको छ।

शनिबार पक्राउ परेका ओली र लेखकलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

स्वास्थ्य समस्याका कारण ओली हाल शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन्। उनलाई हिजो अदालतमा भर्चुअल माध्यमबाट उपस्थित गराइएको थियो। नेता लेखक भने स्वयम् अदालतमा उपस्थित भएका थिए। उनलाई महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

मन्त्रिपरिषदको शासकीय सुधारसम्बन्धी सय कार्यसूची (पूर्ण विवरणसहित)

 १५ चैत ,काठमाडौं नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी

१५ सदस्यीय मन्त्रिपरिषद् गठन : प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीको शपथ

 चैत १३, काठमाडौं । । प्रधानमन्त्री बालेन्द्र शाह सहित १५ सदस्यीय मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूले पद

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त

‘जेनजी आन्दोलन’मा दमनबारे आयोगको प्रतिवेदन सार्वजनिक, २८ घाइतेका बयान समेटिए( यस्तो छ पुर्ण पाठ )

चैत १२,काठमाडौँ । भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भदौ २३ र २४ गते सञ्चालन भएको

युद्धविरामका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव, इरान मौन

काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय