नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर मा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाप्रति कडा आपत्ति जनाएको छ। एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाको निन्दा गर्दै अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपमानजनक नाराबाजी गरिएको तथा महासचिव शंकर पोखरेल को गृहनगरमै भएको उक्त गतिविधि राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा ‘देश जलाउनेहरूबाटै एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाइनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन हो’ भन्दै घटनालाई लोकतान्त्रिक प्रतिस्पर्धाको मर्यादाविपरीतको कदम ठहर गरिएको छ।एमालेले दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सुन्दर पक्ष भए पनि प्रतिस्पर्धाका नाममा स्थापित राष्ट्रिय शक्तिमाथि आस्था र सम्मानमा चोट पुर्याउने गतिविधि लोकतन्त्रको परिधिभित्र नपर्ने उल्लेख गरेको छ। यस्ता गतिविधिले मुलुकलाई अस्थिरताको चक्रमा धकेल्ने र चुनावी द्वन्द्व निम्त्याउने जोखिम रहेको दाबी गरिएको छ।
विज्ञप्तिमा एमाले अनुशासित पार्टी भएकाले घटनाबाट उत्तेजित नभएको उल्लेख गर्दै भनिएको छ, “हाम्रो संयमता र धैर्य कमजोरीका कारण होइन। हामी कानुनी शासनको सम्मान गर्छौं।” झण्डा जलाउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ। एमालेले उक्त घटनाले सरकार भयरहित, निष्पक्ष र निर्भीक वातावरणमा मतदान सुनिश्चित गर्न असफल भएको भन्ने आशंकालाई बल पुग्ने कि भन्ने प्रश्नसमेत उठाएको छ। साथै, घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न जोडदार माग गरिएको छ।
विज्ञप्तिमा निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै निर्वाचन आयोगले सम्बन्धित दलसँग तत्काल स्पष्टीकरण माग गरी सार्वजनिक गर्नुपर्ने माग गरिएको छ। साथै, दोषीमाथि कारबाही नगरिए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार, निर्वाचन आयोग र सम्बन्धित दलले वहन गर्नुपर्ने चेतावनीसमेत दिइएको छ।
चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न
काठमाडौँ, चैत २३ गते । प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ । सभाको आजको बैठकबाट ‘मतदाता
चैत २०, काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र
क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center
चैत १६ , काठमाडौँ । बालेन शाहले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल
काठमाडौँ, चैत १६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज