काठमाडौं, पौष १२ । उज्यालो नेपाल पार्टीले आफ्नो अस्तित्व गुमाएर कुनै पनि दलसँग एकता नगर्ने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले आत्मसमर्पणकारी एकतामा नजाने निष्कर्ष निकालेको पार्टीका एक नेताले जानकारी दिए।
स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकताका लागि कुलमान घिसिङले पार्टी सभापति, भावी प्रधानमन्त्री वा उज्यालो नेपाल पार्टीको नाम/चुनाव चिन्हमध्ये एक प्रस्ताव राखेका थिए। तर रवि लामिछाने तीमध्ये कुनैमा पनि सहमत नभएको कुरा बैठकमा संरक्षक कुलमान घिसिङले ब्रिफिङ गरेका थिए।
घिसिङले बैठकमा भने, ‘रास्वपाको उद्देश्य कुलमान र बालेन पनि आउँदैछन् भनेर माहोल बनाउने, पार्टीमा जनमत बढाउने तर हाम्रो अस्तित्व स्वीकार नगर्ने देखियो।’
बैठकमा अधिकांश नेताहरूले अस्तित्व स्वीकार नभए एक्लै चुनाव लड्नुपर्ने मत राखेका थिए। एक्लै चुनाव लड्दा यसपटक ‘कि सिकिन्छ कि जितिन्छ’ भन्ने उनीहरूको बुझाइ छ।
घिसिङले रास्वपाबाट बालेन शाहमाथि पनि धोका हुन सक्ने आशंका व्यक्त गरे। उनले भने, ‘बालेनले रविसँग ५ वर्ष प्रधानमन्त्रीको ग्यारेन्टी मागेका छन्। त्यो रास्वपाबाट स्वीकार भएको छैन। बालेनमाथि पनि धोका हुन सक्छ। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय अहिलेसम्म गरेको छैन।’
यद्यपि बैठकले सबैको सहअस्तित्व स्थापित हुने गरी एकताको पक्षमा रहेको र आवश्यक सहकार्यका लागि वैकल्पिक तथा अग्रगामी राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ। एकताको संवाद अघि बढाउन पार्टी अध्यक्षलाई अधिकार प्रत्यायोजन गरिएको छ।
पुष ११, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउने
पुस ९, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू सक्रिय राजनीतिमा प्रवेश गरिसकेको उल्लेख गर्दै आगामी
२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार
पुस १, काठमाडौं । चर्चित लोकगायिका ज्योती मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा देखिएकी छन् ।
मंसिर २९, काठमाडौं — नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै आफ्नो
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच