पुष ११, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउने तयारी अन्तिम चरणमा पुगेको छ। कुनै अनपेक्षित व्यवधान नआए आजै सहमति जुट्न सक्ने स्रोतले जनाएको छ।
रास्वपा सभापति रवि लामिछाने र मेयर साहबीच दुईपटक भएको भेटवार्तापछि सहमतिको वातावरण बनेको बताइएको छ। सहमतिसम्बन्धी मस्यौदा तयार पार्ने काममा रास्वपाका असिम साह, उनका दाइ आसिफ साह र बालेनका नजिकका कुमार व्यञ्जनकार जुटिरहेका छन्। प्रारम्भदेखि नै यी तीनजनाले दुवै नेताबीच समन्वयको भूमिका निर्वाह गर्दै आएका थिए।
मस्यौदाको विषयवस्तुबारे स्रोतले औपचारिक जानकारी दिन नचाहे पनि बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति हुन लागेको बुझिएको छ। सभापति लामिछानेको मुद्दा अदालतबाट टुंगो नलागेसम्म उनी प्रधानमन्त्रीका दाबेदार बन्न नसक्ने अवस्थाका कारण, उक्त अवस्थामा बालेनलाई अघि सार्न लामिछाने सकारात्मक रहेको स्रोतको दाबी छ।
रास्वपामा प्रवेशपछि बालेनले कुनै औपचारिक पोर्टफोलियोमा दाबी नगरे पनि सभापतिपछिको वरीयतामा रहने अपेक्षा गरिएको छ। हाल उपसभापति डीपी अर्याल दोस्रो वरीयतामा छन्।
बालेनसँगै विभिन्न वैकल्पिक शक्ति र जेन–जी समूहहरू पनि रास्वपामा समाहित हुने दाबी गरिएको छ। उज्यालो नेपाल पार्टी गठन गरेका ऊर्जामन्त्री कुलमान घिसिङ बालेनसँग संवादमा रहे पनि पार्टी मर्जबारे ठोस सहमति भइसकेको छैन। यस विषयमा रवि लामिछाने र घिसिङबीच अझै वार्ता हुन बाँकी रहेको बताइएको छ।
सुधन गुरुङ, रक्षा बमलगायत जेन–जी युवाहरूसँग पनि बालेनको संवाद जारी छ। उनीहरू पनि बालेनसँगै रास्वपामा जाने सम्भावना रहेको स्रोतको भनाइ छ। यस्तै, श्रम संस्कृति पार्टी गठन गरेर चुनावमा जाने तयारी गरेका हर्क साम्पाङलाई पनि मिलाउन बालेनले प्रयास गरेकामा साम्पाङ सकारात्मक नरहेको बताइएको छ।
बालेनले आगामी आमनिर्वाचनमा रास्वपाको चुनावचिन्ह ‘घन्टी’बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उनी कुन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्ने टुंगो लागिसकेको छैन, तर एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न चाहेको चर्चा छ।
आगामी निर्वाचनका लागि उम्मेदवार चयनमा बालेनलाई कति हिस्सा दिने भन्ने विषयमा पनि छलफल जारी छ। समानुपातिकतर्फको बन्द सूची पेश गर्ने समय तीन दिन मात्रै बाँकी रहेकाले दुवै पक्ष समयको दबाबमा रहेको बताइएको छ।
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी
पुस ९, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू सक्रिय राजनीतिमा प्रवेश गरिसकेको उल्लेख गर्दै आगामी
३ पुस, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनर्निर्माणको
२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार
पुस १, काठमाडौं । चर्चित लोकगायिका ज्योती मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा देखिएकी छन् ।
मंसिर २९, काठमाडौं — नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै आफ्नो