एमाले महाधिवेशनस्थलमा लोकगायिका ज्योती मगरको सहभागिता

पुस १, काठमाडौं । चर्चित लोकगायिका ज्योती मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा देखिएकी छन् । उनी एक उम्मेदवारको समर्थनमा जुलुसमा सहभागी भइन् ।

जनजाति समुदायका उम्मेदवारहरूको समर्थनमा आयोजित झाँकी प्रदर्शनमा ज्योती मगर उत्साहपूर्वक सहभागी भएकी थिइन् । उनको हातमा पूर्ण गुरुङलाई विजयी गराउन अपिल गरिएको पोस्टर देखिन्थ्यो ।

जुलुसका सहभागीले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो…’ भन्दै नाराबाजी गरेका थिए । उक्त नारासँगै ज्योती मगरले नाच्दै समर्थन जनाएकी थिइन् ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले महाधिवेशनस्थलको वातावरण निकै उत्साहजनक र रमाइलो रहेको बताइन् । आफू उम्मेदवार नभए पनि पूर्ण गुरुङको समर्थनमा सहभागी भएको उनले स्पष्ट पारिन् ।

‘समावेशीताको विषय र पुस्तान्तरणको आवश्यकता महत्वपूर्ण छ । त्यसैले युवा नेता पूर्ण गुरुङलाई समर्थन गरेको हुँ,’ ज्योती मगरले भनिन् ।

ज्योती मगर औपचारिक रूपमा एमाले प्रवेश गरेकी छैनन् । यद्यपि, पछिल्ला विभिन्न अन्तरवार्तामा उनले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति सद्भाव व्यक्त गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका