एमाले महाधिवेशनस्थलमा लोकगायिका ज्योती मगरको सहभागिता

पुस १, काठमाडौं । चर्चित लोकगायिका ज्योती मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डपमा देखिएकी छन् । उनी एक उम्मेदवारको समर्थनमा जुलुसमा सहभागी भइन् ।

जनजाति समुदायका उम्मेदवारहरूको समर्थनमा आयोजित झाँकी प्रदर्शनमा ज्योती मगर उत्साहपूर्वक सहभागी भएकी थिइन् । उनको हातमा पूर्ण गुरुङलाई विजयी गराउन अपिल गरिएको पोस्टर देखिन्थ्यो ।

जुलुसका सहभागीले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो…’ भन्दै नाराबाजी गरेका थिए । उक्त नारासँगै ज्योती मगरले नाच्दै समर्थन जनाएकी थिइन् ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले महाधिवेशनस्थलको वातावरण निकै उत्साहजनक र रमाइलो रहेको बताइन् । आफू उम्मेदवार नभए पनि पूर्ण गुरुङको समर्थनमा सहभागी भएको उनले स्पष्ट पारिन् ।

‘समावेशीताको विषय र पुस्तान्तरणको आवश्यकता महत्वपूर्ण छ । त्यसैले युवा नेता पूर्ण गुरुङलाई समर्थन गरेको हुँ,’ ज्योती मगरले भनिन् ।

ज्योती मगर औपचारिक रूपमा एमाले प्रवेश गरेकी छैनन् । यद्यपि, पछिल्ला विभिन्न अन्तरवार्तामा उनले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति सद्भाव व्यक्त गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा