मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी राजनीति आफ्नो प्रमुख प्रतिवद्धता रहेको बताएकी छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले आफू प्रतिशोध होइन, देश परिवर्तनको राजनीतिमा लाग्न आएको स्पष्ट गरिन्।
“हामी प्रतिशोधको होइन, परिवर्तनको राजनीति गर्न आएका छौँ,” विश्वकर्माले भनिन्। देशप्रतिको जिम्मेवारीबोध र केही योगदान गर्ने चाहनाले आफू राजनीतिमा कदम राखेको उनले उल्लेख गरिन्। अवसर र जिम्मेवारी दिएकोमा पार्टीप्रति आभार व्यक्त गर्दै उनले उज्यालो नेपाल पार्टीलाई सामान्य दलका रूपमा नभई ‘देशको पार्टी’ का रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका घटनाले जो–कोहीलाई पनि देश निर्माणमा सक्रिय हुन प्रेरित गर्ने बताउँदै उनले राजनीतिक यात्रामा आफू पूर्णतः जिम्मेवार र निष्ठावान रहने आश्वासन दिइन्।
अभिनेत्री र टेलिभिजन रियालिटीशोकी सञ्चालिका समेत रहेकी विश्वकर्मा केही दिनअघि ऊर्जा तथा
पूर्वाधार क्षेत्रमा सक्रिय कुलमान घिसिङको समर्थनमा गठन गरिएको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य बनेकी हुन्।
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र