राहदानी वितरणमा हट्यो कोटा


मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग नयाँ सम्झौता गरी सात लाख बायोमेट्रिक राहदानी खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबारको निर्णयपछि विभागले सो सम्झौता सम्पन्न गरेको हो।

सम्झौताअनुसार आगामी तीन हप्ताभित्र पहिलो किस्ताका राहदानी नेपाल आइपुग्नेछन्। त्यसपछि क्रमशः निरन्तर आपूर्ति सुरु हुने विभागले जानकारी दिएको छ।

राहदानी अभाव हट्ने संकेत देखिएसँगै विभागले केही समयदेखि जारी गरेको वितरण कोटा पूर्ण रूपमा हटाएको छ। राहदानी पुस्तिका अभावका कारण विभागले दैनिक एक हजारको कोटा निर्धारण गर्दै आएको थियो।

अबदेखि सेवाग्राहीको मागअनुसार दैनिक ‘स्लट’ क्रमशः बढाउँदै लैजाने विभागको योजना छ। विभागीय भवनबाट हुने अनलाइन आवेदनका लागि हाल एक हजारमा सीमित रहेको दैनिक स्लट विभागको क्षमताअनुसार बिस्तार गरिने जनाइएको छ।

त्यस्तै, जनशक्ति अतिरिक्त समय खटाइ सेवा प्रभावकारी बनाइनेछ। विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिने सेवाग्राहीलाई पनि पहिलेझैँ १–२ हप्ताभित्र राहदानी छपाई गरी पठाइने व्यवस्था यथावत रहनेछ।

जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत कात्तिक १५ गतेसम्म आवेदन दिएका व्यक्तिहरूको राहदानी दुई हप्ताभित्र जारी हुने विभागले जनाएको छ। सो मितिपछि प्राप्त आवेदनहरू भने साविककै क्रमअनुसार प्रसोधन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्