परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त सुनिश्चित गर्न र दिगो कृषि प्रणाली प्रवर्द्धनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (FAO) को रोममा आयोजित ४४औँ महासभालाई सोमबार सम्बोधन गर्दै मन्त्री डा. राणाले विशेषगरी नेपालजस्ता भूपरिवेष्ठित र हिमाली क्षेत्र भएका देशहरू जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित भएका तर जलवायु वित्त र अनुकूलन उपायहरूमा उपेक्षित रहँदै आएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “नेपाल र यस्तै देशहरूका हिमाली क्षेत्र जलवायु परिवर्तनका कारण प्रत्यक्ष मर्कामा परेका छन्। तर अन्तर्राष्ट्रिय जलवायु वित्त र अनुकूलन रणनीतिहरूमा यिनको सहभागिता न्यून छ, जुन चिन्ताको विषय हो।”

नेपालको कृषि प्रणालीको महत्त्वलाई रेखांकित गर्दै मन्त्री डा. राणाले कृषिले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २३ प्रतिशत योगदान दिएको र करिब दुई तिहाई जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि व्यवसायमा आश्रित रहेको जानकारी दिनुभयो। खाद्य सुरक्षा, पोषण, गरिबी निवारण र ग्रामीण विकासका लागि कृषि क्षेत्रको भूमिकालाई उहाँले विशेष महत्त्वका साथ प्रस्तुत गर्नुभयो।

डा. राणाले सन् २०३० भित्र भोकमुक्त विश्व निर्माण गर्ने लक्ष्य अझै अधुरो रहेको उल्लेख गर्दै जलवायु संकट, महामारी, आर्थिक अस्थिरता र भूराजनीतिक तनावहरूले दिगो विकास लक्ष्यहरूमा नकारात्मक प्रभाव पारेको बताउनुभयो।

उहाँले पहाडी क्षेत्रहरूमा सहनशील र दिगो कृषि प्रणाली प्रवर्द्धन अपरिहार्य रहेको उल्लेख गर्दै यस्तो प्रणालीले न केवल जीविकोपार्जनको आधार निर्माण गर्ने तर पृथ्वीको पारिस्थितिक सन्तुलन, जैविक विविधता र खाद्य सुरक्षाको संरक्षणमा समेत योगदान दिने बताउनुभयो।

नेपाल ‘फोर बेटर’ अवधारणाअन्तर्गत नवप्रवर्तनशील र सफल कृषि अभ्यासहरूको विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै मन्त्री डा. राणाले कृषकहरूलाई पूर्वसूचना प्रणालीमा पहुँच पुर्‍याउन सहकार्यको खाँचो औँल्याउनुभयो। उहाँले जलवायु जोखिम बढिरहेका सन्दर्भमा एफएओसँग सहकार्य सशक्त पार्ने र महिला तथा युवा कृषकहरूको सहभागिता र नेतृत्व विस्तार गर्न अनुभव र ज्ञानको आदान–प्रदानको अपेक्षा रहेको स्पष्ट गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको