अमिन दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख भ्रष्टाचार मुद्दा

वैशाख ८, काठमाडौँ। उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध तीन करोड २९ लाख ४५ हजार ७०२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यादवले मिति २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्मको जाँच अवधिमा तलबी पारिश्रमिक, आय, भत्ता, नागरिक लगानी कोेषबाट फिर्ता आएको रकम, आवास कर्जा लगायतका कुल वैध आम्दानी दुई करोड ४२ लाख २० हजार १०३ रुपियाँ देखिएको छ ।

यसैगरी, सो अवधिमा निजले लगानी गरेको व्ययमा आवास कर्जा तिरेको रकम, गरगहना खरिद, घर निर्माण, जग्गा खरिद, बैँक मौज्दात, शैक्षिक खर्च, सवारी साधन खरिद लगायतको कुल व्यय पाँच करोड ७१ लाख ६६ हजार तीन रुपियाँ देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार निजको कुल आय रकममा कुल व्यय रकम घटाउँदा तीन करोड २९ लाख ४५ हजार ७०२ रुपिँया ऋणात्मक रही गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको देखिएको छ ।

यसैगरी, यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति आफ्नी श्रीमती अमृताकुमारी यावको नाममा राखिएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनका लागि निजकी श्रीमती यादवलाई समेत प्रतिवादी कायम गरी सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका