नेपाल संवतलाई राष्ट्रिय संवतकाे रुपमा प्रयोग गरौँः प्रमुख साह

कात्तिक २८, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतकाे रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । मङ्गलबार काठमाडौंमा नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख साहले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निर्वाह गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । प्रधानमन्त्री पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ ।’’

प्रमुख साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत् प्रयोग गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ हुम्लाको हिमपात

 मंसिर  १८ हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर

फेदीखोला गाउँपालिका सम्मानित

 मङसिर १२,स्याङ्जा। अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आवद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ ।

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

बिहीबार अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

मङ्सिर ६,काठमाडौं । बिहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको