अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि सो पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरिएको छ ।

पार्टीको वेबसाइट ‘सिपिएनयुएमल डट ओआरजी’ (www.cpnuml.org)मा शब्द श्रद्धाञ्जली लेख्न चाहनेका लागि उक्त व्यवस्था गरिएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ । यो व्यवस्थाले स्व नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहने तर पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकका लागि सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

पार्टीको मङ्गलबार बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र इलाम क्षेत्र नं–२ को क्षेत्रीय कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । हृदयाघातका कारण यही भदौ २६ गते निधन हुनुभएका नेता नेम्वाङको बिहीबार राजकीय सम्मानका लागि पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एआईमा च्याटजीपीटी मात्र हैन, २५ शक्तिशाली एआई मोडेल उपलब्ध छन्

२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको