अप्रेसनका लागि वीर अस्पतालमा पालो कुर्ने समस्या हट्दैछ

काठमाडौं, भदौ ४ गते । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ ।वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल लागि परेको बताउनुभयो । उहाँले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थ्रेटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको जानकारी दिनुभयो ।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्र्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ ।

‘‘अप्रेसनका लागि पालो कुर्नुपर्ने समस्या लगायत सम्बोधन हुनेगरी विस्तारित अस्पताल सेवा समिति बताएर मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्र्न सक्ने कुरालाई लिएर डकुमेण्ट समितिबाट प्राप्त भएको छ ।,’’ डा. पौडेलले भन्नुभयो, ‘‘हामीले सबै ठाउँमा विस्तारीत अस्पताल सेवा लागू गर्दैनौँ । जुन जुन ठाउँमा वा विषयमा बिरामीको चाप छ । त्यो विषयको विस्तारित अस्पताल सेवा सञ्चालन गर्ने र धेरैभन्दा धेरै नागरिकलाई सेवा दिने भन्ने उद्देश्यले सेवा सुरु गर्ने भन्ने सोचाइमा छौँ । अप्रेसन सेवालाई व्यवस्थित गर्न एउटा सेवा अवधि समय बढाउने, हरेक दिन हरेक विषयका अप्रेसन सञ्चालन गर्ने, जटील र यथाशिघ्र अप्रेसन गर्नुपर्ने बिरामीलाई थप प्राथमिकिकरण गरेर चाँडो पालोमा लैजाने भन्ने सोचमा छौँ ।’’

डा.पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न नसकेकिएको बताउनुभयो । उहाँले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको पनि जानकारी दिनुभयो ।उहाँले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई/तीन जना बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

‘‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ, त्यसलाई विस्तारै हटाउँदैछौं । हाम्रो क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ । अप्रेसन कोठाहरुलाई चलायमान राख्नुप¥यो । हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी हामी अगाडि बढेका छौँ ।,’’डा. पौडेलले भन्नुभयो, ‘‘त्यो चाहीँ फुल फङ्सनमा गइसकेको छैन । त्यसको पार्सियल्ली काम भइसक्यो । केही डिपार्टमेण्टहरु जस्तैः नाक, कान, घाँटीको हरेक दिन अप्रेसन सुरु गरिसक्यौँ । ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न सकेका छैनौँ । बर्न सेन्टरको सुरुवात गर्र्न खोज्दैछौँ । त्यसको बारेमा पनि यथेष्ट काम अघि बढेका छन् । अघिल्लो आर्थिक वर्षमा बजेट पाउन सकेनौँ । र अहिले यो वर्ष वर्न सेन्टर सञ्चालनका लागि बजेट पाएका छौँ । त्यहाँ चाहिने अत्यावश्यक औजार मेसिनहरु र भौतिक पुनःसंरचना गर्नुपर्नेछ । त्यसका लागि अहिले योजनामा छौँ ।’’

आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकिकरण गर्न थालिएको भन्दै जति नै बिरामी थपिए पनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको डा. पौडेललको भनाइ छ । उहाँले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताउनुभयो ।

उहाँले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरिएको बताउनुभयो । डा.पौडेलले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको उहाँले जानकारी दिनुभयो । वीरमा नर्सिङ जनशक्ति थप भएपछि बन्द अवस्थामा रहेको ७० शय्या सञ्चालनमा आएको छ ।

वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अप्ठ्यारो भएको बताएको छ । निर्देशक डा.पौडेलले नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिए पनि कार्यान्वयमा चुनौति सृजना भएको बताउनुभयो ।

डा.पौडेलले गरिब तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको धारणा राख्नुभयो । आकस्मिक सेवा बापत अघिल्लो वर्ष करिब आठ करोड २० लाख रुपियाँको छुट उपलब्ध गराइएको  तर सरकारले विभिन्न शीर्षकमा एक करोड १५ लाख रुपियाँ मात्रै दिएको बताउनुभयो । आकस्मिक सेवातर्फ ५२ शय्या सञ्चालनमा छ ।

आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरेपनि त्यो पर्याप्त नहुने गुनासो उहाँको छ । डा.पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोध भर्ना हुने आश्वासन पाएको बताउनुभयो ।

अस्पतालले आधारभूत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध