सहकर्मी देखि प्रिन्टिङ प्रेस सम्मको लाखौं ठगेर आफुलाई माओवादी नेता बताउने राजेन्द्र शर्मा बेपत्ता

५ चैत,काठमाडौं। आफुलाई माओवादी सम्बद्ध यातायात मजदुर संगठनको नेता बताउने राजेन्द्र शर्माले मजदुरहरुकै लाखौं ठगी गरेर बेपत्ता भएका छन ।

ललितपुरको लगनखेलमा रहेको शुभारम्भ प्रेसका संचालक श्रीराम पाण्डे,स्वरोजगार यातायात श्रमिकहरु हेम त्रिपाठी र  नारायण श्रेष्ठ लगाएत दर्जनौं ब्यक्तिहरुसंग ठगि गरेर शर्मा सम्पर्क बिहिन भएका हुन् ।

शर्माले आजभन्दा ३ वर्ष अगाडी आफू अध्यक्ष रहेको नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठनको अधिवेशनमा छपाई समन्धी काम लगाएर सम्मेलन सकिएको एकहप्ता भित्र तिर्ने सहमति भएको लाखौं रकम अहिलेसम्म चुक्ता नगरी बेपत्ता भएका छन । शर्माले पाण्डेलाई छोडेको आफ्नै नामको २०७७/११/०३ गतेको जम्मा ५० हजारको चेक अझैसम्म नसाटिंदा आफू पीडित भएको र कोरोना महामारीले थिलो-थिलो भएको व्यवसायमा  शर्माजस्ता ठगहरुको आंखा पर्दा झन ठुलो समस्या थपिएको पीडित पाण्डेले बताए ।

त्यस्तै शर्मा र अर्का एक ब्यक्ति भएर गोकर्णेश्वर नगरपालिका तात्कालिन मेयर तथा हालका काठमाडौं क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे संग सेटिङमा अटो टेम्पो संचालन गर्ने प्रलोभन देखाएर हेम त्रिपाठी,पदम गौतम,नारायण श्रेष्ठ लगएत आदि दर्जन यातायात मजदुरहरुसंग इन्डियाबाट अटो खरिद गर्न र मेयरलाई सेटिङ मिलाउन भनेर उठाइएको १५ लाख भन्दा बढी रकम समेत शर्मा र अर्का एक ब्यक्ति भएर उठाएको र उक्त रकम अहिलेसम्म फिर्ता नगरेको पिडितहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येमा वल्डलिंक उत्कृष्ट

जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा

निडर भई मजदुर आन्दोलन लाग्न आव्हान–जिफन्ट

११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी

आज भोटो देखाउने जात्रा: उपत्यकामा सार्वजनिक विदा

फाइल फोटो   जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ

सीमान्तकृतको अधिकारका लागि सरकार दृढ छ: प्रचण्ड

 जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि

सरकारी वकिललाई प्रहरीले बुझायो ३२ जनालाई मुद्दा चलाउने रायसहितको   प्रतिवेदन

   जेष्ठ ८ ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण प्रतिवेदनको फाइल प्रहरीले सरकारी वकील कार्यालयलाई

सरकारको नीति तथा कार्यक्रममा के छ? (पूर्णपाठ)

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम    जेठ  ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी