१ चैत,संखुवासभा । अमेरिका पुगेका संखुवासभाको चैनपुर नगरपालिका –७ का वडाध्यक्ष नगेन्द्र कार्की उतै बेपत्ता भएका छन ।
नेपाली कांग्रेसबाट निर्वचित वडाध्यक्ष कार्की गत असोजमा अमेरिका पुगेका थिए । घरयासी कामको शिलसिलाका कारण नगरबाहिर जानुपर्ने भएकाले उपस्थित हुन नसक्ने जानकारीसहितको पत्र दिएर उनी अमेरिका पुगेको पाइएको छ ।
अमेरिका गएपछि पाँच महिनादेखि वडा कार्यालयको काम प्रभावित भएको छ । जनताको सेवा गर्छु भनेर भोट मागेर विजयी भएका वडाअध्यक्ष कार्की निर्वाचित भएको ५ महिनापछि अमेरिका पुगेको खुलेको छ ।
कार्की नेपाली काँग्रेसबाट निर्वार्चित वडाध्यक्ष हुन् ।वडाध्यक्ष कार्की अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी मेखबहादुर विश्वकर्मालाई दिइएको चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण कुमार ढकालले बताए । कार्की गत असोज महिनामा अमेरिका गएका हुन् । घरयासी कामको शिलसिलाका कारण नगरबाहिर जानुपर्न भएकाले उपस्थित हुन नसक्ने जानकारीसहितको पत्र दिएर उनी अमेरिका पुगेको पाइएको छ ।
कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका विश्वकर्मा समेत विदामा बसेपछि एक महिना अघिबाट वडाअध्यक्षको जिम्मेवारी टिका राना मगरले पाएकी छन् । विश्वकर्मा पनि विदामा बसेपछि एक महिनादेखि अध्यक्षको जिम्मेवारी पाएको मगरले बताइन् ।वडाध्यक्ष अमेरिका पुगेपछि जनताका चासो गुनासो दैनिक आउन थालेको उनको भनाइ छ । सरकारी पदमा बसेकाहरू कानुनअनुसार ३ महिनाभन्दा बढी बिदामा बस्न नमिल्ने ब्यवस्था छ । वडाध्यक्ष अमेरिका गएकै ५ महिना नाघिसक्यो ।
वडाअध्यक्ष कार्कीले उपचार लागि भन्दै गत असोजमा अमेरिका उडेका थिए । कर्मचारीलाई डिभी परेर गए जागिरबाट हात धुनुपर्ने व्यवस्था छ । तर, जनप्रतिनिधिका लागि भने के गर्ने भन्ने प्रष्ट कानुन छैन ।
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको