नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पशुपतिनाथको दर्शन गरी बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्ने

२६ फागुन ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गर्ने भएका छन्।

बिहान ९ बजे नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिरको दर्शन र पूजाका लागि जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। पशुपतिनाथ मन्दिरमा पूजा गरेर प्रसाद ग्रहण गरेपछि आजै सुन्दरीजल जाने कार्यक्रम छ। सुन्दरीजलमा बीपी संग्राहलय अवलोकन गर्ने र बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल निवास बोहोराटारमा बिहानैदेखि शुभेच्छुकको भीड लागेको छ। पौडेलले फागुन २९ गते सोमबारदेखि राष्ट्रपति पद सम्हाल्ने छन्।वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते आइतबार सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना