अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन

२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा देहान्त भएको छ। भारतीय अखबार इन्डियन एक्सप्रेसले उनको मृत्युको समाचार लेखेको छ। अनुपम खेर र कंगना रनावतले संजालमा उनलाई श्रद्धाञ्जली दिएका छन्।

रंगमञ्चबाट करिअर सुरू गरेका कौशिकले नेसनल स्कुल अफ ड्रामा नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट पुनामा अध्ययन गरेका थिए। कुन्दन शाहको चर्चित फिल्म ‘जाने भी दो यारो’मा उनी लेखकका रूपमा सहभागि थिए। फिल्मको क्लाइमेक्समा महाभारतको चीरहरणको दृश्यमा हनुमान आइपुग्ने दृश्य सतिशले नै लेखेका थिए।

शेखर कपुरको ‘मिस्टर इन्डिया’ र शुभाष घईको ‘रामलखन’ जस्ता फिल्मबाट कमेडियन बनेका सतिश पछि कमेडियनका रूपमा निकै मन पराइएका थिए। दिवाना मस्ताना, साजन चले ससुराल, क्यु कि मै झुट नही बोलता जस्ता फिल्ममा गोविन्दासँग उनको जोडी जमेको थियो।

बोनी कपुरले निर्माण गरेको अनिल कपुर-श्रीदेवी स्टारर ‘रूप कि रानी चोरों का राजा’बाट उनले निर्देशन थालेका थिए। त्यसबेलाको सबभन्दा महंगो यो फिल्म फ्लप भएको थियो। पछि उनले ‘हम आप के दिल मे रहते हैं’ तथा ‘तेरे नाम’ जस्ता हिट फिल्म निर्देशन गरे। सलमान खानले निर्माण गरेको पंकज त्रपाठीले अभिनय गरेको ‘कागज’ पनि उनले निर्देशन गरेका थिए।

अभिनेत्री नीना गुप्ता सतिशकी नेसनल स्कुल अफ ड्रामादेखि की साथी थिइन्। आफ्नो पुस्तक ‘सच कहुँ तो’ मा नीनाले सतिशबारे एउटा किस्सा उल्लेख गरेकी छन्। नीनाले वेस्ट इन्डिजका क्रिकेटर भीभ रिचर्डस् सित विवाह नगरी छोरी जन्माएपछि नीनाको ठूलो बदनामी भएको थियो। त्यतिबेला सतिशले नीनालाई आफूसँग विवाह गरी यो बदनामीबाट जोगिने प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका