महिलालाई शिक्षा र आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ- कमल थापा

२४ फागु ,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिला सशक्तिकरणका लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नारीहरुको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताको लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै नारी दिवसका दिन मात्र महिलाको हकहित सम्बन्धि कुरा गर्दैमा उपलब्धी नहुने बताए ।

आफु स्थानिय विकास मन्त्री भएको बखत स्थानीय तहमा महिला प्रतिनिधित्व अनिवार्य गराएको स्मरण गर्दै राज्यका हरेक प्रतिनिधीमूलक क्षेत्रमा संविधानले नै महिलाहरुको प्रतिनिधीत्व सुनिश्चित गरेकोले त्यसलाई समुचित रुपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने थापाले बताए । पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधीत्व गराउन आफूहरु गम्भिर रहेको बताउँदै अध्यक्ष थापाले अग्रपङ्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पुर्‍याउन राप्रपा नेपाल निरन्तर लागीरहेकोले वडा तहसम्म संगठन विस्तार गरी संगठन मजबुद पार्न राप्रमसं नेपालका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संगठनका उपाध्यक्ष संगीता लाखाजु, काठमाडौं जिल्ला अध्यक्ष मिरा कार्की महर्जन लगायतले आ-आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना