प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यक छ : बिजुक्छे

१८ फागुन, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मानव सभ्यताको विकास र महत्त्वबारे बुझ्न प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यक रहेको बताएका छन् । आज भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भाजुपोखरीको पुनःनिर्माणको स्थलगत निरीक्षण गर्दै उनले इतिहासका सबै कुरालाई लिपिबद्ध गर्दै लगियो भने मानव सभ्यताको विकास बुझ्न सहज हुने बताए ।

उनले भने, “हाम्रो देशको इतिहास अरूले नभई हामी आफैंले लेखेको हुनुपर्छ । इतिहास र भूगोलबिनाको शिक्षा अपूर्ण र अधुरो हुने भएकाले विद्यालय र कलेजमा देश–विदेशका इतिहास एवं भूगोलबारे अनिवार्यरूपमा पठनपाठन गराउनुपर्छ ।”

अध्यक्ष बिजुक्छेले विसं २०२०–२१ देखि नै भाजुपोखरी पुनःनिर्माणको चरणबद्धरूपमा उत्खनन कार्य भइरहेको बताउँदै उक्त पोखरी पनि विश्व सम्पदाकै अभिन्न अङ्ग भएकाले सांस्कृतिक एवं ऐतिहासिक महत्त्वका सम्पदाहरू समय धेरै लागे पनि मौलिक शैलीमै सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न भएसँगै पोखरी पुनःनिर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको बताए । पोखरीमा पानी भर्ने कार्यसँगै छिट्टै सर्वसाधारणका लागि पोखरी खुला हुने उनले बताए ।

पुरातत्वविद् पुरुषोत्तमलोचन श्रेष्ठले भाजु पोखरी नेपालकै प्राचीन सम्पदाको रूपमा रहेको उल्लेख गर्दै काठमाडौँको रानीपोखरीभन्दा करिब पाँच सय वर्ष पुरानो देखि नै यो पोखरी इतिहासमा उल्लेख रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना