पौडेल र नेम्वाङ मत माग्न व्यस्त

१८ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान बिहीबारबाट सुरु हुँदै छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङका अनुसार आठ दलीय गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूसँग अभिमुखीकरणसहित भेटघाटमार्फत राष्ट्रपति निर्वाचनको प्रचारप्रसार बिहीबारदेखि सुरु गर्ने भएको हो।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गरेका छन्। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पौडेललाई समर्थन गरेका छन्।

त्यसैगरी शुक्रबार प्रदेश सभा सदस्यको भेला गर्ने आठ दलको तयारी छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले प्रचारप्रसारको संयोजन गर्नेछ। कांग्रेस मुख्यसचिव एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका निम्ति राष्ट्रपति निर्वाचनकेन्द्रित अभिमुखीकरण राखिएको बताए। उनका अनुसार दिउँसो १ बजे रोयल ब्याङ्क्वेट तीनकुनेमा अभिमुखीकरण कार्यक्रम हुनेछ।

एकीकृत समाजवादीका महासचिव डा। वेदुराम भुसालका अनुसार फागुन २३ गतेसम्ममा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यलाई काठमाडौँमा उपस्थित हुन आठै राजनीतिक दलले निर्देशन दिएका छन्।

राष्ट्रपतिका उम्मेदवार पौडेलले सन्देशमार्फत प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरूसँग मत मागेका छन्। उनले पुनः औपचारिक पत्र पठाएर मत माग्ने बताए। संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग पनि संवाद गरिरहेको बताउँदै उनले भने, “मैले सबै माननीय सदस्यहरूसँग सम्पर्क गरिरहेको छु। सबैसँग मत मागेर सन्देश पठाएँ। अब पत्र पठाउँदै छु। संसद्का सबै राजनीतिक दलका नेतासँग छलफल गरेर मतदानमा सहयोग माग्दै छु।”

त्यसैगरी राष्ट्रपतिका अर्का उम्मेदवार नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँगको छलफल तीव्र पारेका छन्। बिहीबार दलको कार्यालयमै गएर मत माग्ने बताउँदै उनले भने, “सबै दलसँग छलफलमा छौँ। सबै मतदाता माननीयसमक्ष पुग्ने काम भइरहेको छ। बिहीबार कार्यालयमै गएर भेट्दै छौँ। देशव्यापी रूपमा फोन सम्पर्क गर्दै छौँ। भेला सम्मेलनको कार्यक्रम छैन, हामी भेटघाटमै केन्द्रित छौँ।” गोरखापत्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना