उपप्रधानमन्त्री श्रेष्ठले भारतीय राजदूत श्रीवास्तवको साथमा गरे कमलविनायक–नगरकोट सडकको अनुगमन

 

१८ फागुन, भक्तपुर । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लागि भारतीय राजदूत नवीन श्रीवास्तवको साथमा कमलविनायक–नगरकोट सडकको संयुक्तरुपमा अनुगमन गरेका छन्।

बिहीबार बिहान गरिएको अनुगमनमा उनीहरूको साथमा मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि पनि सँगै रहेका थिए ।

कमलविनायक–नगरकोट सडकको ठेक्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको थियोे । पहुँचका आधारमा अधिकारीले यो सडकको मात्र होइन, अन्य थुप्रै सडक आयोजनालाई अलपत्र पारेका छन् । अधिकारीले राजनीतिक पहुँचको फाइदा लिँदा सरकार मुकदर्शक बन्ने गरेको स्थानियको आरोप छ ।

उपप्रधानमन्त्री श्रेष्ठ अनुगमन गर्न आउने खबरले बर्सौंदेखी अलपत्र सडकमा रातभरि दर्जनौं डोजर र स्काभेटरहरु गुडाएर सडक मर्मतको नाटक गर्दै स्थानीयहरुलाई सुत्न नदिएको गुनासो स्थानीयहरुले मन्त्री श्रेष्ठ संग गरेका थिए ।

केही दिनअघि उपप्रधानमन्त्री श्रेष्ठ र नेपालको लागि चिनियाँ राजदूतले चक्रपथको अनुगमन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो