राप्रपाले प्रदेश १ मा तत्काल सरकार नछाड्ने

१४ फागुन, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघीय सरकार र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो ।

राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए । अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थीति फरक रहेका कारण छलफल पछि निर्णयमा पुगिने उनले बताए । ‘अन्य प्रदेशको तुलनामा प्रदेश १ को अवस्था विशिष्ट परिस्थीतिको छ,’ उनले भने,‘ हाम्रा कारणले अस्थीरता नहोस भन्ने चाहान्छौं ।’
उनले प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्न आज पार्टीको प्रदेश समितिले बैठक बोलाएको बताए ।

राप्रपा प्रदेश १ का अध्यक्ष राम थापाले पनि पार्टीको प्रदेश कमिटि बैठकपछि आवश्यक निर्णय हुने जानकारी दिएका छन् ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४० कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना