११ फागुन , काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि सार्वजनिक भएको मतदाता नामावलीमा दाबी विरोधको उजुरी दिने आज अन्तिम दिन हो ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतादाता नामावली सार्वजनिक गरेको थियो ।
आयोगले जारी गरेको मतदाता नामावलीको दाबी विरोधको उजुरी दिने समय बिहीबार मध्याह्न १२ बजेसम्म रहेको छ ।
प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि बिहीबार १२ बजेसम्म दरखास्त दिन पाउनेछन् ।
यस्तै नाम समावेश भएका व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
सो समयमा उजुरी आएमा त्यस उपर छानबिन गरी आयोगले फागुन १२ गते अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
नेपालको तेस्रो राष्ट्रपतिका लगि फागुन १३ गते मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा तथा ७ वटै प्रदेशसभाका सदस्य मतदाता हुन्छन ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना