आज फागुन ७ प्रजातन्त्र दिवस,१०४ वर्षीय जहानियाँ राणा शासन अन्त भएको दिन

७ फागुन, काठमाडौं । आज ७३ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरि मनाइदै छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज सरकारले औपचारिक समारोहका साथ प्रजान्त्र दिवस मनाउने गरेको छ । भने आज सरकारले सार्वजनिक विदा गरेको छ ।

सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा प्रजातन्त्र दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ घरघरमा दीपावली समेत गरिनेछ ।

प्रजातन्त्र प्राप्तिकै लागि भएका संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ जस्ता होनहार योद्धाहरुले उच्च बलिदान दिएका थिए ।

उनीहरुलाई बिक्रम सम्वत १९९७ माघमा तत्कालीन राणा शासकहरुले विभिन्न स्थानमा लगि मृत्युदण्डको सजाय दिएका थिए ।

सो समय उनीहरुले प्रजापरिषद् नामक राजनीतिक दल स्थापना गरि भूमिगत रूपमा प्रजातन्त्र प्राप्तिका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनिहरुलाई तत्कालीन राणा शासकहरुले  मृत्युदण्ड दिइएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना