टर्की भूकम्प : तीन सय बढीको मृत्यु, संकटकाल घोषणा

एजेन्सी, २३ माघ , इस्तानबुल ।  टर्कीको दक्षिणी क्षेत्रमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परेर तीन सय भन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार भूकम्पमा टर्की र सिरियामा गरी हालसम्म तीन सय भन्दा बढीको मृत्यु भएको हो ।

हालसम्म टर्कीमा ७६ र सिरियामा २३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको हो ।

पहिलो भूकम्प गएको केही मिनेटपछि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो ।
यसपछि पूरै क्षेत्रमा एकपछि अर्को धेरै परकम्पहरू महसुस गरिएको छ ।

टर्की, लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पपश्चात टर्की सरकारले देशमा संकटकाल लगाएको छ । राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना