४ माघ,काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट) ले “मर्यादित कामका लागि अभियान” सुदृढ बनाउन अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार प्रज्ञा भवन कमलादिमा सम्पन्न एकदिवसीय अभिमुखीकरण कार्यक्रममामा जिफन्ट निकट पेशागत संगठनका अध्यक्ष,महासचिव,प्रदेश अध्यक्षहरु र महासंघ केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।
जिफन्ट अध्यक्ष एवम् नेकपा (एमाले) का पोलिटब्युरो सदस्य बिनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक दिनेश कोइराला र केदार ज्ञवाली को पनि उपस्थिति रहेको थियो ।
मार्यादित कामको लागि अभियान कार्यपद्धतिलाई चार खण्डमा विभाजन गरेर उपाध्यक्षहरु जनक चौधरी,विदुर कार्की,सीता लामा र महासचिव लक्ष्मण शर्माले प्रशिक्षित गरेका थिए ।
पुस १० गते धुलिखेलमा सम्पन्न जिफन्ट राष्ट्रिय कमिटीको १०९ औं बैठकले “मर्यादित कामका लागि अभियान” सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार माघदेखी चैत महिनासम्म व्यापक सदस्य तथा सुदृढ संगठन निर्माण गर्नका लागि विभिन्न चार वटा बिषयलाई मुख्य काम बनाएर अभियान सञ्चालन गरिने नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले बताए ।
त्यस्तै उपाध्यक्ष लक्ष्मण चौधरीले श्रम डेस्क सञ्चालन कार्यविधिको विषयमा,उपाध्यक्ष विदुर कार्कीले श्रम अडिट र यश बारे जान्नै पर्ने महत्त्वपूर्ण विषयहरु,अर्का उपाध्यक्ष सीता लामाले योगदानमा आधारित सामाजिक सुरक्षा कोष बारे र महासचिव लक्ष्मण शर्माले तालिमे युवा श्रमिकहरु माथिको चरम श्रम शोषण लाई अन्त गर्न र मुलधारमा ल्याउने उपायबारे बारे अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा सहभागी १५ जना अगुवा कार्यकर्ताहरुले छलफलमा भाग लिएका थिए । छलफलमा सहभागीहरुको जवाफ दिंदै सामाजिक सुरक्षा कोषका उपनिर्देशक दिनेश कोइरालाले आफ्नो र परिवारको भबिस्यका लागि ढुक्क भएर योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेटिन सम्पुर्ण श्रमिकहरुलाई आग्रह गरे ।
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने