आज माघेसंक्रान्ति देशभर विभिन्न समुदायले आ-आफ्नो परिवेश र स्थान अनुसार मनाउँदै

१ माघ,काठमाडौं । आज माघेसंक्रान्ति । विभिन्न समुदायले आ–आफ्नो परिवेश र स्थान अनुसार मनाउँने गर्छन् । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायिक मानिन्छ । माघेसक्रान्ति, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर सक्रान्ति पनि भनिन्छ ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका नदीमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्छ । यी स्थानहरुमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

माघ १ गतेलाई समुदाय अनुसार नाम र मनाउने तरिका स्थानअनुसार फरक–फरक छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् भने नुवाकोटको तारुकामा गोरु जुधाएर रमाइलो गर्ने चलन छ । विगत वर्षझैं यस वर्ष पनि यहाँ दर्जनभन्दा बढी हलगोरु जुधाइ हुने जनाइएको छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँने गरेका छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । यो पर्वको रौनकतासँगै घ्य चाकु तथा तरुलकोे व्यापार बढेको छ । काठमाण्डौकोे कालिममाटी, बल्खु, भृकुटीमण्डपलगायतका तरकारी तथा फलफूल बजार र असन क्षेत्र ग्राहकहरुले भरिभराउ भएका छन् । विभिन्न स्थानमा रहेका बजारमा माघेसंक्रान्तिका लागि आवश्यक सामान किन्नेहरुकोे घुईचो लागेकोे छ ।

आजको दिन शरीरमा तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गइ जाडो कम हुन्छ भन्ने वैज्ञानिक मान्यता समेत रहेको छ ।माघेसंक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने जनविश्वास छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने जनविश्वास छ । शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेलले मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेदको शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक