तातोपानी नाका सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकद्धारा सरकारको ध्यानाकर्षण

२३ पुस,काठमाडौं । नेकपा (एमाले) सिन्धुपाल्चोकले तातोपानी नाका पुन: नियमित सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल मार्फत पुर्वमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाल लगायतले अर्थमन्त्री मार्फत तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

“गत संघ र प्रदेश निर्वाचनमा एमालेले नाकालाई पुर्ववत अवस्थामा ल्याउन पहल गर्ने, अरनिको राजमार्गको जुरे तातोपानी खण्डको सडक पुननिर्माण तथा पक्कि पुल बनाउन र ब्यापारमा संलग्नहरुको निम्ति राहत प्याकेज घोषणा गर्न सरकारलाई दबाब दिने प्रतिबद्वता जनाएको थियो । ज्ञापन पत्र बुझ्दै अर्थमंन्त्री पौड्यालले आफु यो काममा निक्कै मेहनतपुर्वक लागेको र सिन्धुबासी जत्तिकै चिन्तित भै समस्याको निकासमा दुढतापुर्वक अघि बढ्ने बिस्वास दिलाउनुएको नेकपा एमालेका केन्द्रीय सदस्य सरेस नेपालले बताए ।”

चीनसँगको नाका जोडिएको सिन्धुपाल्चोकको लाइफलाइनको रुपमा रहेको तातापानी नाका २०७२ सालको भूकम्पपछि अझैसम्म पुर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक